बेलबारी (मोरङ) । मोरङको बेलबारीस्थित सगरमाथा इङलिस स्कुलको कक्षा १० मा अध्ययनरत विद्यार्थीको निबन्ध सङ्ग्रह प्रकाशित भएको छ । पुस्तकको सम्पादन ईरानराईले गर्नुभएको छ ।
“द एस्से जर्नी” शीर्षकको सो पुस्तकमा ४५ ओटा निबन्धहरू सङ्गृहित छन् । त्यसमध्ये २१ ओटा अङ्ग्रेजी भाषामा र २३ ओटा नेपाली भाषाका निबन्ध रहेका छन् ।
अङ्ग्रेजी खण्डमा अन्जिला खड्का, अनुजा निरौला, आर्यन सुयल, विकास शाह, विपिन सुवेदी, विशाल तामाङ, दिप्सन घिमिरे, दितिप खत्री, हेमराज घिसिङ, ज्योती गुरुङ, कञ्चन तिम्सिना, किरन राई, कुशल धिमाल, कुशल मगर, मिसन सापकोटा, प्रज्ज्वल राई, प्रसन निरौला, साहिल धिमाल, सृष्टि मगर, तान्चो लिम्बु र इरानकुमार राईका निबन्धहरू रहेका छन् ।
त्यस्तै, नेपाली खण्डमा आकाङ्क्षा धिमाल, विनायक दाहाल, इडा राई, इशिका धिमाल, स्नेहा लिम्बु, खुशी राई, कीर्तन रिजाल, कृति राई, निकेश राई, निकिता भट्टराई, निर्जला बस्नेत, निस्मा विष्ट, प्रज्ज्वल कुलुङ, प्राप्ति थापा, रिजा मगर, सफल राई, सलिना गुरुङ, शलिस्ना बस्नेत, सङ्गम राई, श्रेया गिरी, स्मृति राई, सुमन राई, सबिता भण्डारी र ईरानराईका निबन्धहरू रहेका छन् ।
पुस्तकमा आवरणका लागि सम्पन्न गरिएको प्रतिष्पर्धाका तस्बिरलाई पनि स्थान दिइएको छ ।