काठमाडौं । डा. गोविन्द के.सीले २२ औँ पटकको आमरण अनशन तोडेका छन् ।
विहीवार त्रिवि शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गर्दै २२ औं अनसन तोडेको जनाएका हुन् ।
पशुपति क्षेत्रको मृगस्थलीमा अनसन बसेको छैटौं दिनमा द्वन्द्व पीडितहरु भानुप्रताव साह,उज्वलकुमार श्रेष्ठ र सावित्री श्रेष्ठको हातबाट जुस खाएर अनसन तोडेका छन् ।
डाक्टर केसीले साह द्वन्द्वकालमा घाइते भएर आफैँले अप्रेसन गरेका घाइते भएको बताएका हुन् । द्वन्द्व पीडितहरुलाई आफैँले उपचार गरेकाले उहाँहरुको हातबाट जुस लिएको बताए ।
उनले राज्यले नागरिकहरु प्रतिको दायित्व निर्वाह नगर्ने देखिएकाले अनसन तोेडेको बताए । उनले द्वन्द्व पीडितहरुले न्याय पाउनुपर्छ भन्दै ६ वर्षअघि देखि माग राख्दै आएको तर अहिलेसम्म सम्बोधन नगरेको बताए । उनले आज अनसनको छैटौं दिन मेरो स्वास्थ्य अवस्था क्रिटिकल हुँदै गएको डाक्टरहरूले औंल्याएसँगै अनसन तोडेको बताए । व
र्तमान शासकहरूको नियतलाई दृष्टिगत गर्दै अनसन तोड्नुपरेको उल्लेख गरे । उनले हत्या हिंसाको माध्यमबाट सत्तामा आएका दल र त्यस्तो पृष्ठभुमिमा रमेका रमाएकाहरूले शान्तिपूर्ण अहिंसात्मक सत्याग्रहको माग सुनुवाइ गर्छन् र शासकहरू संवेदनशील बन्छन् भन्नेकुरा सोच्नु मुर्खता भएको बताए । अनैतिक शासकहरूको अगाडि नागरिकको नैतिक याचना फगत याचनाको रूपमा रहेको देखिएको उल्लेख गरे ।
डाक्टर केसीका अनसनमा सशस्त्र द्वन्द्वकालका पीडितलाई न्याय दिनुपर्ने भन्दै प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहालको तत्काल राजीनामा माग थियो । सबै नेपालीलाई निःशुल्क औषधि–उपचारको व्यवस्था गर्नुपर्ने, यसअघि गेटा स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालन गर्ने विषयमा भएका सम्झौता कार्यान्वयन गर्नुपर्ने, सशस्त्र द्वन्द्वकालका पीडितलाई न्याय दिनुपर्ने, कार्की आयोगले दोषी ठहर्याएका व्यक्तिहरूलाई कारबाही गर्नुपर्ने थप चार बुँदे माग राखेर अनसनमा थिए ।
यी माग राखेर अनसन बसेका केसीले कतैबाट पनि वास्ता नभएपछि अनसन भंग गरेका हुन् ।