• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

डिएनए रिपोर्टको प्रतीक्षामै बित्यो बाँकेका प्रभावितको बडादसैँ

मौलिक संस्कृति जोगाउन सहरमै सरायनाच

नवनियुक्त आनीको विरोध गर्दा लुम्बिनी बचाऊ महाअभियानका संयोजक पक्राउ

एनपिएल : सुदूरपश्चिममाथि लुम्बिनीको जित

इथियोपियाको ओरोमियामा ४० बढीको हत्या

मधेसमा विकृति बन्दै मृत्युभोज

बाँकेमा तेस्रो अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिप हुँदै

गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

प्रधानमन्त्रीद्वारा उद्घाटनसँगै एनपिएल–३ सुरु

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ९. प्राकृतिक र राजनीतिक प्रतिकूलतामाझ मनाइँदै चाडपर्व

  • १०. रङ्गीन फूलको एउटै माला बनाऔँ

कोरोनाभन्दा भयानक हुनसक्छ भोकमरीको पीडा


  •   सोमबार, बैशाख ०८, २०७७ मा प्रकाशित
  • ‘मानिसले सबै कुरालाई केही समय पर्खिन सक्छ, तर भोकलाई कहिल्यै पर्खन सक्दैन ।’ भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरुले कुनै समय कुनै सन्दर्भमा व्यक्त गर्नुभएको उक्त भनाइ अहिले आम मानिसमा चरितार्थ साबित बन्ने त होइन भन्ने शङ्काले पिरोलिरहेको छ ।

    Advertisement

    विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले कोभिड–१९ को महामारीबाट जोगिन विश्वका आम मानिसलाई एकान्त बासमा बस्न आह्वान गरेका कारण कृषि उत्पादनमा गिरावट आउन सक्ने सम्भावनाबाट डराउँदै विश्व समुदायले शङ्का गरेको हुन सक्ने सम्भावनालाई नजरअन्दाज गर्न सकिँदैन । सोही सन्दर्भमा नेहरुले भोकबाट तडपिएको मानिस अन्ततोगत्वा गोलाबारुददेखि पनि डराउँदैन र त्यसपछि निम्तिन सक्ने युद्ध रोक्न कुनै पनि सरकारलाई हम्मेहम्मे पर्ने चेतावनी दिनुभएको थियो ।

    नेहरुले भारतमा जनसङ्ख्या वृद्धि हुँदै गएको तुलनामा उत्पादन बढ्न नसकेपछि त्यस प्रकारले चुनौती दिनुभएको थियो । त्यसको केही वर्षपछि हरियाणालगायतका प्रदेशमा गहुँको उत्पादन दोब्बरले वृद्धि भएको थियो । अहिले पनि विश्वमा सबैभन्दा धेरै गहुँ उत्पादन गर्ने देश भारत हो भने धान उत्पादन गर्ने देश चीन हो । विश्वमा सबैभन्दा धेरै जनसंख्या भएको देश चीन हो । चीनपछि भारत जहाँ एक अर्ब ३२ करोड जनसंख्याको बसोबास छ । आजको अवस्थासम्म पुग्दा भारत खाद्यान्नमा आत्मनिर्भर छ । छिमेकी मुलुक भारतलाई नेपालले विसं २०३५ सम्म चामल बिक्री गर्दै आएको थियो यद्यपि केही वर्षदेखि भने नेपालले उल्टै भारतबाट प्रतिमहिना झण्डै रु दुई अर्बको चामल आयात गर्दै आएको छ ।

    लकडाउनअघि एकान्तबासमा बस्नु पहिले जम्मा गरी राखेको मौज्दातमा खाद्यान्न क्रमशः सकिँदै गएको छ । दैनिक काम गरेर जीवन चलाउनुपर्ने कृषि मजदुर वा आम श्रमजीवी जनता खाद्यान्नको समस्याबाट छटपटाइरहेका छन् । कृषि उत्पादन भएन भने कोरोनाभन्दा भोकमरीको पीडा भयानक र डरलाग्दो हुन्छ । गत वर्षको तुलनामा यस वर्ष नेपालमा धानको उत्पादन एक प्रतिशतले घटेर करिब ५१ लाख मेट्रिक टनमा सीमित हुन पुगेको यसअघि आयोजित पत्रकार सम्मेलनमार्फत कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सार्वजनिक गरिसकेको छ ।

    हालको जनसङ्ख्यमा वृद्धि हुन गई झण्डै तीन करोड जनसङ्ख्या पुगेको विज्ञले अनुमान गरेका छन् । धान विशेषज्ञ भोलामानसिंह बस्नेतका अनुसार तीन करोड जनताका लागि झण्डै ७० लाख मेट्रिक टन धानको आवश्यकता पर्छ । जनसङ्ख्याको वृद्धिलाई हेर्दा नेपालीका लागि करिब १९ लाख मेट्रिक टन धान अपुग देखिन्छ ।

    चीनको हुवेइ प्रान्तको वुहान शहरमा सन् २०२० को डिसेम्बर ३१ देखि देखिन शुरु भएको कोरोना भाइरसको फैलावट आजसम्म आइपुग्दा यस महामारीले विश्वका २१० देशलाई अक्रान्त पारिसकेको छ । भाइरसको सङ्क्रमणबाट जोगिन विश्व समुदाय लकडाउनमा बसेको बस्यै गर्दा अर्कातर्फ खाद्यान्नको अभाव हुन गई कतै विश्वमा द्वन्द्व निम्तिने त होइन भन्ने चिन्ता सर्वत्र देखिन्छ ।

    नेपालको संविधानले आम नागरिकलाई खाद्यान्नको सुनिश्चितता गरे पनि उत्पादननै नभएपछि अधिकार कसरी प्राप्त गर्न सकिएला यो सबैका लागि सोचनीय विषय हो । नेपालका पहाडी भूभागमा मकै छर्ने समय शुरु भइसकेको छ । बजार लकडाउनका कारण किसानले सहजै मकैको बीउ पाउन सकेका छैनन् । केही किसानले धानको बीउ राख्न शुरु गरिसकेका छन् । केही समयपछि आलु भित्र्याउने र गहुँ काट्ने समय पनि शुरु हुन्छ । यो अवस्थासम्म पुग्दा सरकारले कृषि तथा कृषिजन्य उत्पादन, बजारीकरण तथा बीउको सहजीकरण र कृषि कर्म गर्ने किसानलाई आवश्यक सुरक्षाको बन्दोबस्त गरी लकडाउनबाट छुटकारा दिनुको विकल्प छैन भन्नुहुन्छ साना किसान राष्ट्रिय महासंघका पूर्वअध्यक्ष उद्धव अधिकारी ।

    नेपालमा सालिन्दा कृषि उत्पादन घट्दै गएको कृषि, तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । चामल, मकै, कोदो, फापर, मासु (बङ्गुर, राँगा, र खसी–बोका), माछा, फलफूल तथा ताजा तरकारी गरी वार्षिक नेपालले विभिन्न देशबाट रु चार खर्बभन्दा बढीको खाद्यान्न आयात गरेको विभिन्न तथ्याङ्कमा उल्लेख छ ।

    यसअघि कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले स्थानीय सरकारलाई पत्र लेख्दै खाद्य संकट निम्तिन सक्ने सचेतना गर्नुभएको थियो । मन्त्री भुसालले प्रेषित गर्नुभएको पत्रमा अन्तर्राष्ट्रिय बजारमा खाद्यान्न संकट शुरु भइसकेको र कतिपय राष्ट्रले खाद्यान्न निकासी रोकिसकेको अवस्थामा स्थानीय सरकारले समयमा नै खेती गर्न सुझाव दिनुभएको थियो ।

    मन्त्री भुसालले स्थानीय युवालाई कृषिमा आउन प्रेरित र लगानीको वातावरण मिलाइदिन तथा बजारको सुनिश्चित गर्न स्थानीय सरकारलाई आग्रह गर्दै स्थानीय क्षेत्रमा रहेका टुक्रा जमीनको एकीकरण, खेतीयोग्य जमीनलाई घडेरी रुपान्तरणमा रोक, जमीनको चक्लाबन्दी र बाँझो जमीनलाई तत्काल उपयोगमा ल्याउनुपर्ने उल्लेख गर्नुभएको थियो । (रासस)

    सोमबार, बैशाख ०८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    डिएनए रिपोर्टको प्रतीक्षामै बित्यो बाँकेका प्रभावितको बडादसैँ
    मौलिक संस्कृति जोगाउन सहरमै सरायनाच
    नवनियुक्त आनीको विरोध गर्दा लुम्बिनी बचाऊ महाअभियानका संयोजक पक्राउ
    एनपिएल : सुदूरपश्चिममाथि लुम्बिनीको जित
    मधेसमा विकृति बन्दै मृत्युभोज
    बाँकेमा तेस्रो अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिप हुँदै

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      डिएनए रिपोर्टको प्रतीक्षामै बित्यो बाँकेका प्रभावितको बडादसैँ

    • २.
      मौलिक संस्कृति जोगाउन सहरमै सरायनाच

    • ३.
      नवनियुक्त आनीको विरोध गर्दा लुम्बिनी बचाऊ महाअभियानका संयोजक पक्राउ

    • ४.
      एनपिएल : सुदूरपश्चिममाथि लुम्बिनीको जित

    • ५.
      इथियोपियाको ओरोमियामा ४० बढीको हत्या

    • ६.
      मधेसमा विकृति बन्दै मृत्युभोज

    • ७.
      बाँकेमा तेस्रो अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिप हुँदै

    • ८.
      गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.