• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

कोरोनाभन्दा भयानक हुनसक्छ भोकमरीको पीडा


  •   सोमबार, बैशाख ०८, २०७७ मा प्रकाशित
  • ‘मानिसले सबै कुरालाई केही समय पर्खिन सक्छ, तर भोकलाई कहिल्यै पर्खन सक्दैन ।’ भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरुले कुनै समय कुनै सन्दर्भमा व्यक्त गर्नुभएको उक्त भनाइ अहिले आम मानिसमा चरितार्थ साबित बन्ने त होइन भन्ने शङ्काले पिरोलिरहेको छ ।

    Advertisement

    विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले कोभिड–१९ को महामारीबाट जोगिन विश्वका आम मानिसलाई एकान्त बासमा बस्न आह्वान गरेका कारण कृषि उत्पादनमा गिरावट आउन सक्ने सम्भावनाबाट डराउँदै विश्व समुदायले शङ्का गरेको हुन सक्ने सम्भावनालाई नजरअन्दाज गर्न सकिँदैन । सोही सन्दर्भमा नेहरुले भोकबाट तडपिएको मानिस अन्ततोगत्वा गोलाबारुददेखि पनि डराउँदैन र त्यसपछि निम्तिन सक्ने युद्ध रोक्न कुनै पनि सरकारलाई हम्मेहम्मे पर्ने चेतावनी दिनुभएको थियो ।

    नेहरुले भारतमा जनसङ्ख्या वृद्धि हुँदै गएको तुलनामा उत्पादन बढ्न नसकेपछि त्यस प्रकारले चुनौती दिनुभएको थियो । त्यसको केही वर्षपछि हरियाणालगायतका प्रदेशमा गहुँको उत्पादन दोब्बरले वृद्धि भएको थियो । अहिले पनि विश्वमा सबैभन्दा धेरै गहुँ उत्पादन गर्ने देश भारत हो भने धान उत्पादन गर्ने देश चीन हो । विश्वमा सबैभन्दा धेरै जनसंख्या भएको देश चीन हो । चीनपछि भारत जहाँ एक अर्ब ३२ करोड जनसंख्याको बसोबास छ । आजको अवस्थासम्म पुग्दा भारत खाद्यान्नमा आत्मनिर्भर छ । छिमेकी मुलुक भारतलाई नेपालले विसं २०३५ सम्म चामल बिक्री गर्दै आएको थियो यद्यपि केही वर्षदेखि भने नेपालले उल्टै भारतबाट प्रतिमहिना झण्डै रु दुई अर्बको चामल आयात गर्दै आएको छ ।

    लकडाउनअघि एकान्तबासमा बस्नु पहिले जम्मा गरी राखेको मौज्दातमा खाद्यान्न क्रमशः सकिँदै गएको छ । दैनिक काम गरेर जीवन चलाउनुपर्ने कृषि मजदुर वा आम श्रमजीवी जनता खाद्यान्नको समस्याबाट छटपटाइरहेका छन् । कृषि उत्पादन भएन भने कोरोनाभन्दा भोकमरीको पीडा भयानक र डरलाग्दो हुन्छ । गत वर्षको तुलनामा यस वर्ष नेपालमा धानको उत्पादन एक प्रतिशतले घटेर करिब ५१ लाख मेट्रिक टनमा सीमित हुन पुगेको यसअघि आयोजित पत्रकार सम्मेलनमार्फत कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सार्वजनिक गरिसकेको छ ।

    हालको जनसङ्ख्यमा वृद्धि हुन गई झण्डै तीन करोड जनसङ्ख्या पुगेको विज्ञले अनुमान गरेका छन् । धान विशेषज्ञ भोलामानसिंह बस्नेतका अनुसार तीन करोड जनताका लागि झण्डै ७० लाख मेट्रिक टन धानको आवश्यकता पर्छ । जनसङ्ख्याको वृद्धिलाई हेर्दा नेपालीका लागि करिब १९ लाख मेट्रिक टन धान अपुग देखिन्छ ।

    चीनको हुवेइ प्रान्तको वुहान शहरमा सन् २०२० को डिसेम्बर ३१ देखि देखिन शुरु भएको कोरोना भाइरसको फैलावट आजसम्म आइपुग्दा यस महामारीले विश्वका २१० देशलाई अक्रान्त पारिसकेको छ । भाइरसको सङ्क्रमणबाट जोगिन विश्व समुदाय लकडाउनमा बसेको बस्यै गर्दा अर्कातर्फ खाद्यान्नको अभाव हुन गई कतै विश्वमा द्वन्द्व निम्तिने त होइन भन्ने चिन्ता सर्वत्र देखिन्छ ।

    नेपालको संविधानले आम नागरिकलाई खाद्यान्नको सुनिश्चितता गरे पनि उत्पादननै नभएपछि अधिकार कसरी प्राप्त गर्न सकिएला यो सबैका लागि सोचनीय विषय हो । नेपालका पहाडी भूभागमा मकै छर्ने समय शुरु भइसकेको छ । बजार लकडाउनका कारण किसानले सहजै मकैको बीउ पाउन सकेका छैनन् । केही किसानले धानको बीउ राख्न शुरु गरिसकेका छन् । केही समयपछि आलु भित्र्याउने र गहुँ काट्ने समय पनि शुरु हुन्छ । यो अवस्थासम्म पुग्दा सरकारले कृषि तथा कृषिजन्य उत्पादन, बजारीकरण तथा बीउको सहजीकरण र कृषि कर्म गर्ने किसानलाई आवश्यक सुरक्षाको बन्दोबस्त गरी लकडाउनबाट छुटकारा दिनुको विकल्प छैन भन्नुहुन्छ साना किसान राष्ट्रिय महासंघका पूर्वअध्यक्ष उद्धव अधिकारी ।

    नेपालमा सालिन्दा कृषि उत्पादन घट्दै गएको कृषि, तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । चामल, मकै, कोदो, फापर, मासु (बङ्गुर, राँगा, र खसी–बोका), माछा, फलफूल तथा ताजा तरकारी गरी वार्षिक नेपालले विभिन्न देशबाट रु चार खर्बभन्दा बढीको खाद्यान्न आयात गरेको विभिन्न तथ्याङ्कमा उल्लेख छ ।

    यसअघि कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले स्थानीय सरकारलाई पत्र लेख्दै खाद्य संकट निम्तिन सक्ने सचेतना गर्नुभएको थियो । मन्त्री भुसालले प्रेषित गर्नुभएको पत्रमा अन्तर्राष्ट्रिय बजारमा खाद्यान्न संकट शुरु भइसकेको र कतिपय राष्ट्रले खाद्यान्न निकासी रोकिसकेको अवस्थामा स्थानीय सरकारले समयमा नै खेती गर्न सुझाव दिनुभएको थियो ।

    मन्त्री भुसालले स्थानीय युवालाई कृषिमा आउन प्रेरित र लगानीको वातावरण मिलाइदिन तथा बजारको सुनिश्चित गर्न स्थानीय सरकारलाई आग्रह गर्दै स्थानीय क्षेत्रमा रहेका टुक्रा जमीनको एकीकरण, खेतीयोग्य जमीनलाई घडेरी रुपान्तरणमा रोक, जमीनको चक्लाबन्दी र बाँझो जमीनलाई तत्काल उपयोगमा ल्याउनुपर्ने उल्लेख गर्नुभएको थियो । (रासस)

    सोमबार, बैशाख ०८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.