दिनेस रैदास, दाङ ।
अखिल (छैठौं) दाङले ६०औँ विद्यार्थी दिवस मनाएको छ । मंगलबार राप्ती गाउँपालिका वडा नं ८ पिपरीस्थित निलसागर आश्रममा फलफूल वितरण गरी अखिल (छैठौं)ले विद्यार्थी दिवस मनाएको हो ।
आश्रममा २ जना महिला र २३ जना पुरुष गरी २५ आश्रित छन् ।
अखिल (छैंठौं) दाङ जिल्ला अध्यक्ष सरिता पुनको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य रिसव आचार्यको आथित्यता रहेको थियो । प्रमुख अतिथि आचार्यले विद्यार्थी आन्दोलन र जेठ १ गतेको विद्यार्थी दिवसबारे स्पष्ट पार्नुभएको थियो ।

कार्यक्रममा राजमो दाङ जिल्ला सचिव वसन्तराज पौडेल, निलसागर सेवा आश्रमका कार्यवहाक अध्यक्ष गरिबु चौधरी, अखिल (छैंठौ) दाङ्गका पूर्व अध्यक्ष धुर्ब बेलबासे, राजमो राप्ती गाउँपालिका कार्यवहाक अध्यक्ष बाबुराम थापा लगायतले मन्तब्य राख्नु भएको थियो।

ऐरावती बहुमुखी क्याम्पस स्ववियु सचिव अशोक खनाल र राजमो नेता छविराज भैया मगरको समेत आतिथ्यता रहेको कार्यक्रमको सञ्चालन अखिल (छैंठौ) जिल्ला सचिव दिनेस रैदासले गर्नु भएको थियो।
कार्यक्रम निलसागर सेवा आश्रमले अखिल (छैठौं) का नेता कार्यकर्तालाई फूल प्रदान गरी स्वागत गरेको थियो ।
