काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीबाट दुई मन्त्री थपिएका छन् ।
Advertisement
प्रदीप यादव स्वास्थ्य तथा जनसंख्या मन्त्री र हसिना खान राज्यमन्त्री नियुक्त भएका हुन् ।
मन्त्रीद्वयले आजै शपथ लिएका छन्।
सोमबार शीतल निवासमा आयोजित समारोहमा मन्त्री यादवलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ गराएका हुन्।

यस्तै, राज्यमन्त्री खानलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शपथ खुवाए।
उपेन्द्र यादव बाहिरिएपछि अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीबाट एकजना मन्त्री र एक राज्यमन्त्री थपिएका हुन्। हाल वनमन्त्री रहेका नवलकिशोर साह पार्टी विभाजनपछि अशोक राई पक्षतिर लागेका थिए।
आजै उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल सरकारबाट बाहिरिएको थियो । यसअघि उपेन्द्र यादव उपप्रधान तथा स्वास्थ्यमन्त्री थिए।