मस्को । रुसको दक्षिणपश्चिमी सहर बेलगोरोडमा सोमबार दशतले आवासीय अपार्टमेन्ट भवन आंशिक रूपमा क्षतिग्रस्त हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको रुसी समाचार एजेन्सी तासले रुसी आपत्कालीन मन्त्रालयको बयानलाई उद्धृत गर्दै बताएको छ ।
समाचारअनुसार आइतबार झएको युक्रेनी आत्रमणपछि भवन ढलेको हो ।
यसअघि बेलगोरोड र यसका उफनगरमा आइतबार युक्रेनी सशस्त्र बलले ठुलो गोलाबारी गरेको थियो । खसालिएको टोच्का–यू सामरिक मिसाइलका टुत्राले आवासीय भवनलाई क्षति पुर्याउँदा भवनको एउटा भाग ढलेको स्रोतले जनाएको छ ।
त्यसैगरी रुसको दक्षिणपश्चिमी सहर बेलगोरोडमा आंशिक रूपमा ध्वस्त भएको आवासीय अपार्टमेन्ट भवनमा खोजी र उद्धारकार्य सम्पन्न भएको रुसी आपतकालीन मन्त्रालयका प्रवक्ताले बताउनुभयो । उहाँका अनुसार १७ जनाको भग्नावशेषबाट उद्धार गरिएको थियो भने भग्नावशेषमुनिबाट १५ जनाको शव निकालिएको थियो ।
यसअघि आपतकालीन मन्त्रालयले दुई बच्चासहित १२ जनालाई घटनास्थलबाट उद्धार गरिएको बताएको थियो । बेलगोरोडका गभर्नर व्याचेस्लाभ ग्ल्याडकोभले टेलिग्राममा पोस्ट गरेको भिडियोमा ठुलो प्वाल भएको भवन ढलेको देखाइएको छ ।
युक्रेनी सेनाले गरेको बृहत् बम विस्फोटको निन्दा गर्दै उहाँले आवासीय भवनमा प्रत्यक्ष गोलाबारीपछि दशौँ तलादेखि भुइँतलासम्मको सम्पूर्ण प्रवेशद्वार ढलेको बताउनुभयो ।
रुसी रक्षा मन्त्रालयले सामानिक सञ्जालमा भवनमा टोच्का–यू टिआरसी मिसाइलको टुक्रा खसेको बताएको थियो । बेलगोरोड क्षेत्रमा हवाई सुरक्षाले धेरै रकेट खसालिएको र दुईओटा ड्रोन छुट्टै घटनामा नष्ट भएको पनि अलजजिराले जनाएको छ । (रासस/एएनआई)