• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

गेटा आँखा अस्पतालद्वारा बैतडी र दार्चुलामा ५६८ जनाको निःशुल्क शल्यक्रिया


  •   आइतबार, बैशाख ३०, २०८१ मा प्रकाशित
  • काठमाडौं । नेपाल नेत्रज्योति संघ, गेटा आँखा अस्पतालले दार्चुला र बैतडी जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरेको शल्यक्रिया शिविरमार्फत ५ सय ६८ जनाको आँखाको निःशुल्क शल्यक्रिया गरिएको छ।

    Advertisement

    दुई जिल्लाका विभिन्न स्थानमा ३ हजार ३ सय ७२ जनाको आँखा परीक्षण गर्दा मोतिबिन्दु देखिएको ५५५ जना र अन्य समस्या रहेका १३ जना गरी कुल ५६८ जनाको आँखाको निःशुल्क शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ।

    गेटा आँखा अस्पतालका नेत्र अधिकृत नरेन्द्र बिष्टका अनुसार वैशाख १६ देखि २५ सम्म दार्चुलाको खलङ्गा, गोकुलेश्वर र मार्मामा शिविर सञ्चालन गरिएको थियो। खलङ्गामा सञ्चालित शिविरमा १ हजार २ सय ४ जनाको आँखा परीक्षण गरी २ सय २ जनाको मोतिबिन्दु र ३ जनाको अन्य समस्याको शल्यक्रिया, गोकुलेश्वरमा सञ्चालित शिविरमा ९ सय १३ जनाको आँखा परीक्षण गरी १७१ जनाको मोतिबिन्दु र ४ जनाको अन्य समस्याको शल्यक्रिया र मार्मामा सञ्चालित शिविरमा ६ सय ९० जनाको आँखा परीक्षण गरी ५५ जनाको मोतिबिन्दुको र ३ जनाको अन्य गरी जम्मा ५८ जनाको शल्यक्रिया गरिएको विष्टले जानकारी दिए।

    त्यसैगरी बैतडी जिल्लाको गोठालापानीमा वैशाख २७ र २८ गते सञ्चालित शिविरमा ५ सय ६५ जनाको आँखा परीक्षण गरी १२७ जनाको मोतिबिन्दु र ३ जनाको अन्य समस्याको शल्यक्रिया गरिएको विष्टले बताए।

    गेटा आँखा अस्पतालका चिफ मेडिकल डाइरेक्टर डा। सुरेसराज पन्त र जलबिन्दु रोग विशेषज्ञ डा। स्मध अधिकारीको नेतृत्वमा गएको स्वास्थ्यकर्मीहरूको टोलीले आँखा शिविर सञ्चालन गरी शल्यक्रिया गरेको हो।

    रोटरी क्लब अफ इलभेरम नर्वे, फ्रेड हलोज फाउन्डेसन र मार्मा गाँउपालिकाको आर्थिक सहयोग तथा महाकाली नगरपालिका, शल्यशिखर नगरपालिका, नेपाल नेत्रज्योति संघ जिल्ला शाखा बैतडी तथा दार्चुलाको समन्वयमा शिविर सञ्चालन गरिएको हो।

    अस्पतालले वार्षिक रुपमा सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरूलाई लक्षित गरी हरेक वर्ष निःशुल्क शल्यक्रिया सहितको शिविरको आयोजना गर्दछ। अस्पतालका अनुसार गत आर्थिक वर्षमा अस्पतालले शल्यक्रिया शिविर मार्फत १४ हजार ९ सय ७३ जनाको आँखा परीक्षण गरी २ हजार ५ सय ६९ जनाको निःशुल्क शल्यक्रिया गरेको थियो।

    नेपाल नेत्रज्योति संघले आफ्ना २८ आँखा अस्पताल, १५६ आँखा उपचार केन्द्र तथा ४४ जिल्ला शाखाहरु मार्फत पहुँच र आर्थिक अभावमा कोही पनि नागरिकहरु आँखा उपचारबाट बन्चित नहुन् भन्ने उद्देश्यले विभिन्न विकास साझेदार, नेपाल सरकार तथा स्थानीय निकायहरुहरुसँगको सहकार्यक्रमा देशैभरी निःशुल्क आँखा शिविरहरुको आयोजना गर्ने गर्दछ।

    स्थापनादेखि हालसम्म संघको सञ्जाल मार्फत नेपाली नागरिक तथा अन्य विभिन्न देशका नागरिकहरू गरी कुल ४ करोड ३६ लाख २६ जना आँखाका बिरामीहरूलाई आँखा उपचार सेवा प्रवाह गरी ५१ लाख ३३ हजार ६५९ जनाको आँखाको शल्यक्रिया भइसकेको छ।

    आइतबार, बैशाख ३०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.