काठमाडौं । वरिष्ठ चिकित्सक डा गोविन्द केसीले २२ औँ अनसन सुरु गरेका छन् । चार बुँदे माग राख्दै डा. केसीले शनिबार पशुपतिको मृगस्थलीमा आमरण अनसन सुरु गरेका हुन्।
केसीले यसपटक प्रमुख मागका रुपमा सशस्त्र द्वन्द्वकालमा मानवताविरोधी अपराध र युद्ध अपराधमा संलग्न प्रमुख नेताको हैसियतमा प्रधानमन्त्री प्रचण्डले राजीनामा दिनुपर्ने माग राखेका छन् ।
उनले निष्पक्ष रुपमा र पीडितहरुले न्याय अनुभूत गर्ने गरी संक्रमणकालीद्द न्यायको प्रक्रिया टुंगोमा पुग्ने सुनिश्चित गर्न पनि माग गरेका छन्।
डा. केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सशस्त्र द्वन्द्वकालमा मानवताविरोधी, घोर अपराध र युद्ध अपराधमा संलग्न प्रमुख नेताको हैसियतका कारण प्रचण्डको प्रधानमन्त्री पदबाट तुरुन्त राजीनामा। निष्पक्ष रुपमा र पीडितहरुले न्याय अनुभूत गर्ने गरी संक्रमणकालीन न्यायको प्रक्रिया टुंगोमा पुग्ने सुनिश्चित गरियोस्।’
बृहत शान्ति सम्झौतापछि द्वन्द्वकालमा मानव अधिकार हनन, मानवताविरोधी अपराध र युद्ध अपराध गर्ने व्यक्तिहरु र दलहरु नै अहिलेसम्म निरन्तर सत्तामा रहेको भन्दै केसीले उनीहरुले शक्तिको आडमा छानबिन प्रक्रिया निस्तेज पारेर सजायबाट बच्ने दाउमा लागेको आरोप लगाएका छन्।
यस्ता छन् सत्याग्रहका मागहरू
१) सशस्त्र द्वन्द्वकालमा मानवता विरोधी घोर अपराध र युद्ध अपराधमा संलग्न प्रमुख नेताको हैसियतका कारण प्रचण्डको प्रधानमन्त्री पदबाट तुरुन्त राजिनामा। निष्पक्ष रुपमा र पीडितहरुले न्याय अनुभूत गर्ने गरी संक्रमणकालीन न्यायको प्रक्रिया टुंगोमा पुग्ने सुनिस्चित गरियोस्।
२) सबै नेपालीलाई गुणस्तरीय साथै निशुल्क औषधि -उपचारको व्यवस्था गरियोस्।
३) जनताको नाममा हामीसँग भएका शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार र सवैको समान पहुँच सम्बन्धी गेटामा तुरुन्त प्रतिष्ठान संचालन गर्ने, गण्डकी र मधेश प्रदेश साथै इलाम, उदयपुर र डडेल्धुरामा मेडिकल कलेजरप्रतिष्ठान तुरुन्त निर्माण गर्न, विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी नियुक्ति मापदण्ड सम्बन्धि उच्च शिक्षा ऐन र एकिकृत स्वास्थ्य शिक्षा प्रतिष्ठान सम्बन्धि ऐन तुरुन्त पारित गर्न लगायत सवै सम्झौताहरु कार्यान्वयन गर्न।
४) कार्की आयोगले दोषी ठहऱ्याएका व्यक्तिहरूलाई कारबाही गर्न माग गरिन्छ।