काठमाडौं । नेपाल आयल निगमले एकैपटक ५० वटा ग्यास उद्योगको अनुमतिपत्र खारेज गरेको छ । निगमको शुक्रबार एक सूचना जारी गर्दै ती उद्योगको अनुमति खारेज गरिएको जनाएको छ ।
Advertisement
विभिन्न मितिमा अनुमतिपत्र लिएका ५३ उद्योगमध्ये निर्माणको प्रक्रिया नै सुरु नगरेका र ग्यास बोटलिङमा ढिलाई गरिरहेका ५० वटा उद्योगको अनुमतिपत्र खारेज गरेको हो ।
तीनवटा उद्योगले भने सर्त बमोजिम काम गरेको निगमले जनाएको छ । सैपाल ग्यास उद्योग अत्तरीया कैलाली, सगरमाथा ग्यास उद्योग, नवलपरासी र सिता ग्यास उद्योग धादिङको अनुमति पत्र भने खारेज भएको छैन ।
यी हुन् खारेजीमा परेका उद्योगः

