काठमाडौं । डा. भगवान कोइरालालाई काठमाडौंमा बाल अस्पताल बनाउन भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले ४१ करोड रुपयाँ सहयोग गरेका छन् ।
शुक्रबार अस्पताल निर्माणस्थलमै पुगेर गुरुङले सहयोगको घोषणा गरेका हुन्।
मुटुरोग विशेषज्ञ डा. कोइरालाले देशका सातै प्रदेशमा बाल अस्पताल बनाउने अभियान अघि बढाएका छन्।
यस क्रममा कोसी प्रदेशको झापामा एक वर्षअघि नै बाल अस्पताल निर्माण भइसकेको छ भने बागमती प्रदेशको काठमाडौँ हेपाली हाइटमा काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ अस्पताल बनिरहेको छ।
यस क्रममा गुरुङले उक्त अस्पताल भवन अहिलेसम्मकै अत्याधुनिक हुने बताए।
करिब एक लाख स्क्वायर फिटको अत्याधुनिक भवन निर्माण गरेर बाल अस्पताललाई हस्तान्तरण गर्ने योजना गुरुङको छ।
बेसमेन्ट पार्किङ, इमर्जेन्सीसहित अस्पतालमा २० वटा शय्या रहनेछन्। आईसीयू, एनआईसीयूलगायत कक्षका साथै माथि हेलिप्याड पनि निर्माण गरिने भाटभटेनीले जनाएको छ।