• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

खडेरीले मुहान सुकेपछि बागलुङमा खानेपानीको हाहाकार, विकल्पको खोजीमा स्थानीय


  •   मङ्गलबार, बैशाख २५, २०८१ मा प्रकाशित
  • बलेवा (बागलुङ) । बागलुङमा खडेरीले जतासुकै मूल सुकेका छन् । खानेपानीको आपूर्तिमा समस्या देखिएपछि बागलुङ नगर खानेपानी उपभोक्ता संस्था पनि प्रभावित बनेको छ । उन्नाइस किलोमिटर टाढाको रेशखोलाबाट ल्याइएको पानीको मात्रा घटेको छ । त्यस्तै भुँदीखोलाबाट ल्याएको पानीको मात्रा पनि घटेको छ । मात्रा घटेपछि बजारबासीलाई पानीको अभाव भएको छ ।

    Advertisement

    विकल्पको रुपमा निर्माण भइरहेको कैलामपोखरी लिफ्ट आयोजनाले अझै पूर्णता पाउन सकेको छैन । पानी सुक्दै गएकाले वितरणमा समस्या आएपछि संस्थाले आन्तरिक गृहकार्य गरेर वैकल्पिक उपाय खोजेको छ । उक्त विकल्पअनुसार बजारमा पानी वितरणका लागि संस्थाले कैलामपोखरीबाट चार इन्चको पाइपमा रात्माटाको ट्याङ्कीमा पानी खसाल्ने काम भइरहेको छ । यो पानी आजदेखि उपभोक्तालाई वितरण गरिने संस्थाका अध्यक्ष केवी रानमगरले बताए ।

    पानी अभाव हुन थालेपछि समस्या भएको छ । तित्याङको रिठेखोलाबाट आएको पानीसमेत सुकेपछि वितरणमा सास्ती भएको भन्दै समितिले विकल्पको रुपमा पाइप विच्छ्याएर रात्माटा पुर्याएको छ । आजदेखि पानी वितरणमा केही सहज हुने अध्यक्ष रानमगरको भनाइ छ । पानी अभाव भएपछि बजारबासी गलुवाखोला, सहश्रधारा लगायतका स्थानमा पुगेर खानेपानी ल्याउन थालेका छन् ।

    बागलुङ बजारमा पानी सहजरुपमा वितरण गर्न सकिएको छैन । ठेकेदार कम्पनीले योजना हस्तान्तरण गर्न सकेको छैन ।

    ‘हाल अस्थायी रुपमा पानी खुवाउन प्रयास गरिएको हो’, उनले भने । काठेखोलाबाट पानी सङ्कलन गरी हाल निर्माण भएका ट्याङ्कीबाट बजारमा वितरण गर्ने योजना छ ।

    विसं २०३२ मा पहिलो पटक बागलुङमा तित्याङको रिठेखोलाबाट खानेपानी ल्याइएको थियो । सो आयोजनाअन्तर्गत १३ सार्वजनिक धारा बनेका थिए । तत्कालीन राजा वीरेन्द्र शाहले उक्त आयोजनाको उद्घाटन गरेका थिए ।
    बागलुङ बजारमा अहिले चार हजारबढी धारा निर्माण गरिएका छन् । तर अधिकांस धारामा खडेरीको समयमा पानी आउँदैन । उपभोक्ता समितिको ३० प्रतिशत र सङ्घीय सरकारको ७० प्रतिशत लगानीमा २०७३ सालमा थालिएको आयोजना अझै हस्तान्तरण भएको छैन ।

    पाइपमा समस्या आएपछि लिफ्टमार्फत पानी आपूर्ति हुन सकेको थिएन ।

    ‘पाइपमा समस्या आएपछि खानेपानी वितरण गर्न ढिला भएको हो’, संस्थाका प्रबन्धक हिमालप्रसाद शर्माले भने। गत वर्षातमा फाइप फुटेर थप समस्या भएको थियो । रासस

    मङ्गलबार, बैशाख २५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.