काठमाडौं । ईमेज टेलिभिजनकी समाचार प्रस्तोता प्रमुख गृष्मा राजभण्डारीमाथि कार्यालयमै कुर्ची प्रहार भएको छ । राजभण्डारीलाई कार्यालयकै सहकर्मी सुसन रामदामले कुटपिट गरेका हुन् ।
Advertisement
घाइते गृष्मालाई त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको छ भने कुटपिट गर्ने सुसनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
ईमेज टेलिभिजनका प्रमुख कार्यकारी लक्ष्मण हुमागाईका अनुसार शुक्रबार दिउँसो कामकै विषयमा विवाद हुँदा राजभण्डारीमाथि सुसनले कुर्ची प्रहार गरेका थिए ।
ईमेज टेलिभिजनमा प्रहरी पुगेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।