काठमाडौं । नेकपा (मसाल) का महामन्त्री एवम् वरिष्ठ साहित्यकार मोहनविक्रम सिंहको ‘धर्म, दर्शन, राजनीति र कम्युनिस्ट आन्दोलन’ नामक पुस्तक छिट्टै प्रकाशनको तयारीमा रहेको छ ।
Advertisement
उक्त पुस्तकमा ६ वटा लेखहरु रहेका सिंहकी पत्नी एवम् राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिनुभएको छ ।
जसमा, १. देश कता जाँदै छ ?, २. नेपालको कम्युनिस्ट आन्दोलनको सन्दर्भमा रणनीति र कार्यनीति सम्बन्धी विवाद, ३.रामको अवतार, रामायणको कथा कति सत्य, कति मिथ्या ?, ४. लेनिन महान, ५. दर्शन र राजनीति विचको अन्तरसम्बन्ध, ६. पार्टी इतिहाससँग जोडिएका केही प्रश्नहरु रहेका छन् ।
पुस्तकसम्बन्धी थप जानकारी वा प्राप्तिका लागि दुर्गा पौडेललाई ९८५११९८८१० नम्बरमा सम्पर्क गर्न सकिनेछ ।