बागलुङबजार । प्रगतिशील पत्रकार सङ्घ बागलुङको अध्यक्षमा विजय राना चयन हुनुभएको छ ।
केन्द्रीय अध्यक्ष श्यामलाल पोखरेलको प्रमुख आतिथ्यमा २०८१ वैशाख १९ गते बुधबार बागलुङबजारमा सम्पन्न जिल्ला भेलाद्वारा राना अध्यक्षमा निर्वाचन हुनुभएको हो ।
समितिको उपाध्यक्षमा ज्योति थापा, सचिवमा टीकासङ्गम विक, सहसचिवमा अस्मिता पुन र कोषाध्यक्षमा नवीनप्रताप जिसी चयन हुनुभएको छ ।
त्यस्तै, सदस्यहरूमा पवित्रा बुढा, छलिता बुढा, मित्र थापा, केशवराज क्षेत्री र दीपेन्द्र परियार रहनुभएको छ ।
पूर्ण सदस्यको एक स्थान रिक्त राखिनुका साथै समितिको सल्लाहकारमा टेकबहादुर क्षेत्री सङ्गम, रामनारायण सुवेदी र किरण आचार्य रहनुभएको छ ।
कार्यक्रममा प्रगतिशीलका केन्द्रीय सचिव ताराप्रसाद शर्मा, अखिल नेपाल महिला सङ्घकी उपाध्यक्ष लक्ष्मी बासकोटा, अखिल नेपाल युवक सङ्घका महासचिव भीमसेन वन, राष्ट्रिय जनमोर्चाका केन्द्र्रीय सदस्य वेदिलाल सापकोटा, सल्लाहकार अमर थापा, राजमो बागलुङका जिल्ला अध्यक्ष तिलक थापा र प्रगतिशीलका संस्थापक जिल्ला सदस्य टेकबहादुर क्षेत्री सङ््गमको पनि आतिथ्य रहेको थियो ।
निवर्तमान जिल्ला कोषाध्यक्ष प्रकाश छन्त्यालको अध्यक्षता तथा विजय रानाको सञ्चालनमा अघि बढेको उक्त भेलामा स्वागत प्रगतिशीलको बरेङ शाखाका अध्यक्ष केशवराज क्षेत्रीले गर्नुभएको थियो ।
