दाङ । नेकपा (मसाल ) को नवौँ महाधिवेशनको घोषणा, तीन अभियानको समापन तथा एक सय पैतिसौँ अन्तर्राष्ट्रिय मजदुर दिवस समेतको कार्यक्रम नेकपा (मसाल) दाङको आयोजनामा सम्पन्न भएको छ ।
२०८१ वैशाख १९ गते बुधबारका दिन नेपाल पत्रकार महासङ्घको सभाहल दाङको घोराहीमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि मसालका लुम्बिनी प्रदेश प्रवक्ता तिलक जिसीले पार्टीको नवौँ महाधिवेशन ऐतिहासिक रूपमा सम्पन्न भएको बताउनुभयो ।
राष्ट्र र राष्ट्रियताको विषयमा के कस्ता नीति अपनाउँदै आएका छन् र ती नीतिले के र कस्ता प्रभाव पारेका छन् ? त्यस दौरानमा कम्युनिस्ट पार्टीको इतिहासमा वैचारिक पक्षमा के कस्ता खराबी आए ? खराबी पक्षमा कम्युनिस्ट पार्टीले वैचारिक सङ्घर्ष गर्नुप¥योलगायतका विषयमा पनि उहाँले मन्तव्य राख्नुभएको थियो ।
पार्टीको अवधारणापत्र वाचन गरेपछि कार्यक्रममा बोल्दै राजमो केन्द्रंीय सदस्य तथा दाङ जिल्ला अध्यक्ष गणेश आचार्यले तीन अभियानमध्ये पार्टीको नवौँ महाधिवेशन सम्पन्न गर्ने, लेनिनको शताब्दी स्मृतिदिवस र पार्टीका हीरक जयन्ती आज पार्टीको तीन ऐतिहासिक अभियान समापन भएको बताउनुभयो ।
सो अवसरमा राजमो केन्द्रीय सदस्य कमला जिसी, जनजाति सम्मेलनका केन्द्रीय उपाध्यक्ष रमेशमान गुरुङ, अखिल नेपाल किसान महासङ्घ (अप्फा) का कोषाध्यक्ष प्रेमनारायण आचार्यलगायतले मन्तव्य राख्नुभएको थियो।
कार्यक्रममा अप्फाका दाङ जिल्ला अध्यक्ष ऋषिराम पौडेल, जातीय समता समाज दाङका अध्यक्ष सूर्यलाल नेपाली, तराई मधेस जनवादी मोर्चाका जिल्ला सदस्य रामफकिरे रैदास, अखिल नेपाल शिक्षक सङ्घ केन्द्रीय सदस्य लालबहादुर भण्डारी, अखिल (छैठौँ) दाङ जिल्ला सचिव दिनेश रैदास, अखिल नेपाल बुद्धिजीवी सङ्घ केन्द्रीय सदस्य केशवराज खनाल, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका पूर्व अध्यक्ष दुर्गाबहादुर केसी, अखिल नेपाल महिला सङ्घकी कृष्णा राना, अखिल नेपाल युवक सङ्घ दाङका उपाध्यक्ष लेखराज आचार्य, अखिल नेपाल कानुन व्यवसायी सङ्घका कृष्ण आचार्य, रक्तिम सांस्कृतिक अभियान दाङका सदस्य विक्रम पाण्डे र अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्घ दाङका सचिव हरि खरेललगायतको अतिथ्यता रहेको थियो।
मसालका दाङ जिल्ला प्रतिनिधि भरत भण्डारीको अध्यक्षता र शुक्र भण्डारीको सञ्चालनमा अगाडि बढेको उक्त कार्यक्रममा ज्ञातअज्ञात सहिदप्रति एक मिनेटको मौनधारण भरत भण्डारीले स्वागत गर्नुभएको थियो । 

