• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

सगरमाथा स्कुलको उनन्तिसौँ अभिभावक दिवस सम्पन्न


  •   सोमबार, बैशाख १७, २०८१ मा प्रकाशित
  • वेलबारी (मोरङ) । मोरङको बेलबारी नगरपालिका–१ मा सञ्चालन भइरहेको सगरमाथा इङ्ग्लिस स्कुलको उनन्तिसौँ अभिभावक दिवस समारोह सम्पन्न भएको छ ।

    Advertisement

    बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राईको प्रमुख आतिथ्यमा २०८१ वैशाख १५ गते शनिबार उक्त कार्यक्रम सम्पन्न भएको हो ।

    सो अवसरमा मन्तव्य राख्दै उहाँले शिक्षकहरूले ३६० डिग्री घुमेर व्यावहारिक, व्यावसायिक तथा सिपमूलक शिक्षा प्रदान गरी भविष्यमा गरिखाने दक्ष र स्वाभिमानी नागरिक उत्पादन गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

    उहाँले भननुभयो– ‘यदि विद्यार्थीलाई सही शिक्षा र सिप सिकाउन नसके भविष्यमा उनीहरूले गरिखाने बन्न नसक्ने र त्यति बेला उनीहरूको भविष्यको जिम्मा अहिलेका शिक्षकहरूले लिनुपर्दछ ।’

    अतिथिका रूपमा नेपाली चलचित्र “जारी” लोकप्रिय बनेपछि “मनसरा” चलचित्र निर्माण गरेका निर्देशक तथा लेखक उपेन्द्र सुब्बाले उहिले जस्तो कलाकारहरू बिग्रिएका हुन्छन् भन्ने गलत मान्यता अहिले नभएकाले विद्यार्थीलाई पाठ्यपुस्तकमा मात्र केन्द्रित नगरी चलचित्र, नाटक जस्ता सिर्जनशील क्षेत्रमा पनि समय मिलाएर लाग्न प्रेरित गर्नुपर्ने सुझाव दिनुभयो ।

    अर्की अतिथि चलचित्र नायिका मिरुना मगरले विद्यार्थीले प्रस्तुत गरेको नृत्यको प्रशंसा गर्दै विद्यार्थी जीवनमा पढाइलाई बढी जोड दिनुपर्ने कुरामा जोड दिनुभयो ।

    कार्यक्रममा युगदर्शन मिडियाका व्यवस्थापक हरिकान्त शर्मा, वडा नं. २ का वडाध्यक्ष कृष्णबहादुर गुरुङ, कार्यपालिका सदस्य सञ्चमाया लिम्बू, बेलबारी नगर प्याब्सनका अध्यक्ष भगवतीप्रसाद घिमिरे, बेलबारी प्रज्ञा–प्रतिष्ठानकी अध्यक्ष रेखा सुवेदीको आतिथ्य रहेको थियो ।

    स्कुलका प्रिन्सिपल ईरानराईले विद्यार्थीलाई कृषिकार्यमा सिप सिकाउन १६ कट्ठा जमिन भाडामा लिएको र त्यहाँ काम गरेवापत थोरै थोरै रकम भए पनि कक्षा ११ र १२ का विद्यार्थीलाई पारिश्रमिक प्रदान गरेको तथा हरेक शुक्रबार खाजाको रूपमा फलफूल मात्र खुवाइने जानकारी दिनुभयो ।

    कार्यक्रममा विद्यार्थीले गायन, नृत्य, कविता, भाषणकला, कराँते तथा विज्ञान र हस्तकला प्रदर्शनी गरेका थिए ।

    सो अवसरमा शैक्षिक सत्र २०८० को वार्षिक परीक्षा तथा अतिरिक्त क्रियाकलापमा प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको थियो ।

    चलचित्र निर्देशक तथा कवि सुब्बा, नायिका मगर, नायक प्रवीण खतिवडा र कलाकार सिजन दाहाललाई दोसल्ला ओढाएर तथा कदरपत्र प्रदान गरेर सम्मान गरिएको उक्त कार्यक्रममा एसइई दिएर बसेका कक्षा १० का ४२ जना विद्यार्थीको संयुक्त निबन्धसङ्ग्रह द एस्से जर्नी सार्वजनिक गरिएको थियो ।

    सोमबार, बैशाख १७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.