काठमाडौं । काठमाडौं उपत्यकामा वायू प्रदूषण मानव जीवनका लागि ठूलो समस्या बन्दै गएको छ । राजधानी काठमाडौँ फेरि विश्वको नम्बर वान प्रदूषित सहरमा सूचीकृत भएको छ।
एयर क्वालिटी इन्डेक्सले सार्वजनिक गरेको विश्वका प्रमुख प्रदूषित १५ सहरको सूचीमा काठमाडौँ उपत्यका पहिलो नम्बरमा छ। आज (शुक्रबार) काठमाडौँको समग्र वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) २०६ छ।
विश्वकै प्रदूषित दोस्रो सहरको सूचीमा पाकिस्तानको लाहोर छ भने तेस्रो स्थानमा भारतको राजधानी नयाँ दिल्ली छ। लाहोरको एक्यूआई आज १८१ छ भने दिल्लीको १७० छ।
प्रदुषण मापनमा शुन्यदेखि ५० सम्मको एक्युआइलाई राम्रो मानिन्छ भने ५१ देखि १०० सम्मको एक्युआइलाई सतर्क रहनुपर्ने अवस्थाको सूचकको रुपमा लिइन्छ।
१०१ देखि १५० सम्मको एक्यूआईले श्वाशप्रश्वास र मुटु रोगीका बिरामीलाई असर गर्ने विज्ञहरुले बताएका छन्। १५१ देखि २०० सम्मको एक्यूआईलाई अस्वस्थकर वायुको रुपमा लिइन्छ।
त्यसैगरी २०१ देखि ३०० सम्मको एक्यूआईलाई अति अस्वस्थ, ३०१ देखि ४०० सम्मको एक्यूआईलाई खतरनाक र ४०१ देखि ४५० सम्मको एक्यूआईलाई अति खतरा वायू मानिन्छ।
विश्वकाे प्रमुख १५ प्रदूषित सहरकाे सूची
