मुसिकोट । रुकुम पश्चिममा एकसय पन्ध्रौँ अन्तर्राष्ट्रिय पुस्तक दिवस सम्पन्न भएको छ ।
२०८१ वैशाख ११ गते बुधबारको दिन जनविकास पुस्तकालयको सभा हलमा सम्पन्न भएको हो ।
कार्यक्रममा राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पश्चिमका अध्यक्ष मनलाल ओली, प्रगतिशील लेखक सङ्घ रुकुम पश्चिमका अध्यक्ष खेमराज खड्का, राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पश्चिमका सचिव तथा जनविकास पुस्तकालयका सह–सचिव ओमबहादुर खत्री, राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पश्चिमका सह–सचिव सीता बुढामगर, राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पश्चिमका सदस्य प्रेमा शेर्पाली लगायतको आतिथ्यता रहेको थियो ।
उक्त अन्तर्राष्ट्रिय पुस्तक दिवसको अवसरमा विभिन्न स्रष्टाहरूले रचनावाचन गर्नुभएको थियो । रचनावाचन गर्नेहरूमा प्रेमा शेर्पाली, भुपेन्द्र बुढामगर, अमृता सुनार, पुष्पा केसी, सपना पुनमगर, जयमता बुढामगर, मेगलाल गौतम, सिता बुढामगर, खेमराज खड्का ‘विवस यात्री’, ओमबहादुर खत्री, गिरीप्रसाद बुढा, नारायणप्रसाद शर्मालगायत हुनुहुन्थ्यो ।
जनविकास पुस्तकालयका उपाध्यक्ष श्री नारायणप्रसाद शर्माको अध्यक्षता, राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पश्चिमका सचिव तथा जनविकास पुस्तकालयका सहसचिव ओमबहादुर खत्रीको स्वागत र सञ्चालन जनविकास पुस्तकालयका सचिव गिरीप्रसाद बुढाले गर्नुभएको थियो ।
