इनरुवा । सुनसरी जिल्ला, इटहरी उपमहानगरपालिका–१ का वडाध्यक्ष विष्णुलाल चौधरीको गए राति निधन भएको छ । लामो समयदेखि पित्तथैलीको अर्बुदरोगको आशंकामा उपचार गराइरहनुभएका चौधरीको ५५ वर्षका उमेरमा निधन भएको हो ।
Advertisement
उहाँ नेपाली काँग्रेसका तर्फबाट स्थानीय तहको निर्वाचनमा निर्वाचित हुनुभएको थियो । उहाँको आज इटहरीको बूढीगंगा मुक्तिघाटमा हिन्दू परम्परानुसार दाहसंस्कार गरिएको छ ।