• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

अर्घाखाँचीमा पर्यटन प्रर्बद्धन अभियानको प्रभाव बढ्यो


  •   मङ्गलबार, बैशाख ११, २०८१ मा प्रकाशित
  • टेकराज भुसाल/गोपालप्रसाद भट्टराई, सन्धिखर्क ।
    अर्घाखाँचीमा चैतेदशैँको द्वादशीको दिन भूमिकास्थान–१० धनचौरको पर्यटकीय स्थल सेङलेङमा सरायनाच तथ दशैँमेला सम्पन्न भएको छ ।

    Advertisement

    सत्यदेवी÷बराह मन्दिरका पुजारी खुविराम खनालले हर्षोल्लासका साथ नाचिने सरायनाचले चतैदसैँको महत्त्वलाई थप बलियो बनाएको बताए ।

    सत्यदेवी आधारभूत विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद बन्जाडेका अनुसार यस वर्षको सरायनाच तथा चैतेदशैँको मेला अवलोकन गर्न शीतगङ्गाको जुकेना, ठाडा, भूमिकास्थानका सबै वडा र सन्धिखर्कसहित अर्घाखाँचीका विभिन्न क्षेत्रबाट दर्शक एवम् भक्तजन सेङलेङमा पुगेका छन् ।

    विगतका वर्षमा भन्दा यस वर्ष दर्शनार्थीहरूको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको बन्जाडेले जानकारी दिए ।

    चिसो मौसममा जुलेपी, मःमः, चाउमिनसहित विभिन्न खानाका परिकार बनाएर बेच्न बसेकाको व्यापार पनि राम्रै भएको मन्दिर सञ्चालक समितिका सदस्य हिमनाथ खनालले बताए ।

    खानाका साथै खोरखोरे, गिलासफोर जस्ता खेलका स्टलले समेत मेलाको शोभा थपेको उहाँको भनाइ छ ।

    मेला हेर्न मात्रै नभएर गर्मीमा शीतल ताप्न र सेङलेङको चिसो एवम् स्वच्छ र रमणीय वातावरणमा रमाउन पनि नागरिकहरू त्यहाँ पुग्ने गरेको स्थानीय शुभ समालले बताउनुभयो ।

    अर्घाखाँचीमा पर्यटकीय थुप्रै सम्भावनाका क्षेत्र भएर पनि ओझेलमा परेको तर अहिले जिल्लामा पत्रकार महासङ्घले पर्यटन विकासको उदेश्य राखेर सञ्चालन गरेको पर्यटन प्रर्बद्धन अभियानपश्चात सेङलेङमा समेत अवलोकन गर्नेहरूको सङ्ख्यामा वृद्धि भएको उहाँको भनाइ छ ।

    भूमिकास्थान नगरपालिकाले पर्यटकीय हबको रूपमा चित्रित गरेको सेङलेङमा सत्यदेवी र बराह मन्दिरको साथसाथै पाथिभराको मन्दिरसमेत स्थापना गरिएको छ ।

    होमस्टेमा बास बसेर अर्गानिक खाना खान पाइने, पाथिभरा र सत्यदेवीको दर्शन गरी सेङलेङ दह, मसिनाको लेक र आसपासका क्षेत्रबाट सुन्दर हिमशृङ्खलाको अवलोकन गर्न सकिने भएपछि अहिले सेङलेङमा आन्तरिक मात्र नभएर बाह्य पर्यटकसमेत बढ्न थालेका हुन् ।

    सरायनाच ऐतिहासिक भएको हुँदा यसको संरक्षण र प्रवद्र्धनमा युवा पुस्ताले चासो दिनुपर्ने भूमिकास्थान–१० का अगुवाहरूको जोड रहेको छ ।

    पुजारी खुविराम खनालका अनुसार मध्यकालीन नेपालमा चार किमिसका दशैँ धुमधामका साथ मनाउने गरिन्थ्यो । यी दशैँमध्ये अहिले प्रचलनमा शारदीय र वसन्तीय नवरात्र मात्र छन् । आषाढ शुक्लमा मनाइने ग्रीष्मकालीन नवरात्र र माघ शुक्लमा मनाइने शिशिरकालीन नवरात्र विलुप्त प्रायः छन् तर यी सबै दशैँहरूको आआफ्नै विशेषता रहेको किंवदन्ती रहंदै आएको छ ।

    मङ्गलबार, बैशाख ११, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.