कृष्ण केसी, चितवन ।
नेकपा (मसाल) जिल्ला समिति चितवनले १५५ औँ लेनिन जयन्ती तथा ७६ औं पार्टी स्थापना दिवश मनाएको छ ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य राजेन्द्र ढुंगानाले नेपालमा नामधारी कम्युनिष्टको ब्यापार राम्रो चलेको भएपनि नेकपा मसाल जस्तो अनुशासित र मिलिटेन्ट पार्टी अरु नभएको स्पष्ट पार्नुभयो ।
कार्यक्रमलाई अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक) का चितवन जिल्ला उपअध्यक्ष जित बहादुर थापाले लेनिनवादी संगठनका बारेमा प्रकाश पार्नु भएको थियो ।
यस्तै, रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय सदस्य देवी शर्माले रक्तिमले भर्खरै बजारमा ल्याएको नयाँ गीत गायर सुनाउनु भयको थियो ।
राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष अमरबहादुर छेत्रीको अध्यक्षता तथा सचिव पदम वाग्लेको सञ्चालनमा अघि बढेको कार्यक्रममा अखिल नेपाली महिला संघ जिल्ला अध्यक्ष बाल कुमारी आचार्यल स्वागत गर्नुभएको थियो।