• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

क्रान्तिकारी रूपान्तरण भनेको दृष्टिकोण र कार्यशैलीमा पनि रूपान्तरण हो : महामन्त्री सिंह


  •   सोमबार, बैशाख १०, २०८१ मा प्रकाशित
  • काठमाडौँ । नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले क्रान्तिकारी रूपान्तरण गर्नु भनेको पार्टीका नेताकार्यकर्ताहरूको दृष्टिकोण र कार्यशैलीमा पनि रूपान्तरण हुनु हो भन्ने धारणा राख्नुभएको छ ।

    Advertisement

    नेकपाको छयहत्तरौँ स्थापना दिवस तथा लेनिनको एक सय पचपन्नौँ जन्मजयन्तीको अवसरमा २०८१ वैशाख १० गते सोमबार राष्ट्रिय जनमोर्चाको केन्द्रीय कार्यालय कपनमा आयोजित कार्यक्रममा मन्तव्य राख्दै उहाँले यस्तो धारणा राख्नुभएको हो ।

    उहाँले भन्नुभयो– ‘मूलतः क्रान्तिकारी रूपान्तरण गर्नु भनेको पार्टीका नेताकार्यकर्ताहरूको दृष्टिकोणमा पनि रूपान्तरण हुनु हो ।’

    नेकपा (मसाल) ले सञ्चालन गरिरहेको तीन अभियानको सन्दर्भमा उहाँले क्रान्तिकारी रूपान्तरण भएको दाबी गर्न नसकिने जिकिर गर्नुभयो ।

    ‘विश्वदृष्टिकोण र लेनिनवादी कार्यशैली अपनाउन नसकिएको समस्या यथावत् रहेका छन्’ उहाँले भन्नुभयो– ‘निर्णयको कार्यान्वयनमा समस्या हाम्रो पार्टीको मुख्य समस्या हो ।’

    महामन्त्री सिंहले दर्शनको अध्ययन नगरिकन कोही पनि कम्युनिस्ट बन्न नसक्ने धारणा राख्दै त्यसबारे सबैलाई जागरुक हुन आग्रह गर्नुभयो ।

    दर्शन र क्रान्तिकारी सिद्धान्तको विस्मृति गम्भीर समस्याको रूपमा रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो– ‘सत्तावरिपरि घुम्ने राजनीतिक पार्टीहरू भ्रष्ट भएका छन् । जनता पनि भ्रष्ट हुन थालेका छन् । त्यसैले उनीहरूले भ्रष्ट तत्त्वलाई सरकारमा पठाउने गर्दछन् । यसले जनताको चेतनास्तर पनि कमजोर भइरहेको अर्थात् दर्शन क्रान्तिकारी सिद्धान्तप्रति विस्मृति बढ्दै गइरहेकोलाई बताउँछ ।’

    मन्तव्यको क्रममा उहाँले सही सिद्धान्त र दृष्टिकोणको समस्याले गर्दा मानिसहरू विभिन्न अवसरवादी पार्टीमा प्रवेश गर्ने गरेको बताउनुभयो ।

    उहाँले पछिल्लो समयमा अध्ययनमा कमी तथा चिन्तन प्रणाली कम्युनिस्ट जस्तो नहुनु पनि क्रान्तिकारी कम्युनिस्ट पार्टीको समस्या भएको औल्याउनुभयो ।

    लेनिनवादी पार्टी नबनाइकन प्रतिक्रियावादी सत्ता पल्टाउन सकिन्न : शर्मा

    कार्यक्रममा मन्तव्य राख्दै वामपन्थी नेता आनन्द शर्माले लेनिनवादी पार्टी नबनाइकन प्रतिक्रियावादी सत्ता पल्टाउन नसकिने धारणा व्यक्त गर्नुभयो ।

    ‘लेनिनले सामान्य प्रकारको पार्टीद्वारा पुँजीपति वर्गको सत्ता पल्टाउन सकिन्न भन्ने बुझ्नुभएको थियो । त्यसैले उहाँले मिलिट्यान्ट कम्युनिस्ट पार्टी आवश्यक छ भन्ने विचार अगाडि सार्नुभयो’ उहाँले भन्नुभयो– ‘लेनिनले अगाडि सारेको कम्युनिस्ट पार्टी जस्तो नेकपा (मसाल) बन्न सकिरहेको छैन । त्यसैले हामीले अझै धेरै काम गर्नुछ ।’

    तात्कालिक राजनीतिक सन्दर्भमा उहाँले गणतन्त्र, धर्मनिरपेक्षता र राष्ट्रियताको रक्षा मुख्य विषय भएको दाबी गर्नुभयो ।

    उहाँले भन्नुभयो– ‘जनताले रगतसित साटेर ल्याएको उपलब्धि गणतन्त्र र धर्मनिरपेक्षता अझै संस्थागत हुन सकिरहेका छैनन् । त्यसको रक्षा गर्नु नै अहिलेको मुख्य तात्कालिक राजनीतिक कार्यभार हो ।’

    राष्ट्रियताको सन्दर्भमा उहाँको भनाइ थियो– ‘भारतीय साम्राज्यवादका साथै अमेरिकी साम्राज्यवादको प्रवेशले नेपालको राष्ट्रियतामाथि गम्भीर आँच पुगिरहेको छ । त्यसका विरुद्धको सङ्घर्ष गम्भीर बन्दै गइरहेको छ ।’

    प्रतिगमन र राष्ट्रियताको पक्षमा सङ्घर्ष गर्नुको विकल्प नरहेको बताउँदै नेता शर्माले त्यो अभिभारा पूरा गर्न सम्पूर्ण कार्यकर्ताहरू लाग्नुपर्ने बताउनुभयोे ।

    राष्ट्रियताको रक्षा कम्युनिस्ट आन्दोलनको मुख्य उपलब्धि : भट्ट

    कार्यक्रममा मन्तव्य राख्दै राजमो महासचिव मनोज भट्टले राष्ट्रियताको रक्षा नै नेपाली कम्युनिस्ट आन्दोलनको मुख्य उपलब्धि रहेको बताउनुभयो ।

    ७५ वर्ष पुरानो कम्युनिस्ट आन्दोलनले नेपाली जनतालाई के दियो भन्ने प्रसङ्गको जवाफ दिँदै उहाँले यस्तो अभिव्यक्ति अगाडि सार्नुभएको थियो ।

    ‘नेपालमा कम्युस्टि पार्टी स्थापनाको मुख्य उपलब्धि भनेको नेपालको राष्ट्रियताको रक्षा हो’ उहाँले भन्नुभयो– ‘विचार गरौँ त, सिक्किममा कम्युनिस्ट पार्टी भएको भए त्यो देश भारतमा मिसिँदैनथ्यो । भुटानमा कम्युनिस्ट पार्टी भएको भए भुटान भारतसंरक्षित देश बन्दैनथ्यो ।’

    उहाँले कम्युनिस्ट पार्टीको स्थापनासँगै सामन्तवाद र साम्राज्यवाद विरुद्धको सङ्घर्ष अगाडि बढाइएकाले देशको राष्ट्रियता सुरक्षित हुन सकेको बताउनुभयो ।

    मन्तव्यको क्रममा जातीय भेदभाव कम हुनु पनि कम्युनिस्ट आन्दोलनको देन भएको उहाँको भनाइ थियो ।

    ‘भारत वा अन्य देशमा जस्तो जातीय र लैङ्गिक भेदभाव नेपालमा छैन’ उहाँले भन्नुभयो– ‘भारतमा दलितले सार्वजनिक भान्साघरमा खान नपाउने भएकाले नै अम्बेडकरको नाममा होटल खोलिएका छन् । पाकिस्तानमा बेनजिर भुट्टो गर्भवती भएका कारणले पार्टीको नेतृत्व गर्न नसक्ने भनियो ।’

    उहाँले भारत र पाकिस्तानको तुलनामा नेपालमा कम्युनिस्ट पार्टी सक्रिय रहेकाले जातीय र लैङ्गिक भेदभाव त्यति चर्को नभएको धारणा राख्नुभयो ।

    महासचिव भट्टले धार्मिक, जातीय र सामाजिक सद्भाव पनि नेपालमा राम्रो हुनुमा कम्युनिस्ट पार्टीको प्रभावले काम गरेको दाबी गर्नुभयो ।
    उहाँले भन्नुभयो– ‘नेपालमा ४२ ओटा मुसलमानबाहुल्य बस्ती छन् तर आजसम्म नेपालमा हिन्दुमुस्लिम दङ्गा भएको छैन । इद हिन्दुले मनाउँछन्, दशैँतिहार मुसलमानले मनाउँछन् । यसका पछाडि कम्युनिस्टि पार्टीहरूले फैलाएको प्रगतिशील र भौतिकवादी शिक्षाले काम गरेको छ ।’

    महिलापुरुष समानता कम्युनिस्ट पार्टीको एउटा लक्ष्य : पुन

    अखिल नेपाल महिला सङ्घकी अध्यक्ष मीना पुनले महिलापुरुष समानता कम्युनिनस्ट पार्टीको एउटा महत्त्वपूर्ण लक्ष्य भएको दाबी गर्नुभयो ।

    ‘महिलापुरुषमाझको समानता कम्युनिस्ट पार्टीको एउटा लक्ष्य हो’ उहाँले भन्नुभयो– ‘नेकपा स्थापना हुँदा जारी भएको पहिलो पर्चामै महिलापुरुषको माझमा समानता उल्लेख गरिएबाट त्यो कुरा पुष्टि हुन्छ ।’

    उहाँले कम्युनिस्ट आन्दोलनले ठुलो सङ्ख्यामा महिलालाई अगाडि ल्याएको बताउनुभयो ।

    कम्युनिस्ट आन्दोलनभित्र क्रान्तिकारी सिद्धान्त बचाउनु महत्त्वपूर्ण विषय भएको धारणा उहाँले राख्नुभयो ।

    ‘कम्युनिस्ट क्रान्तिकारी सिद्धान्त बचाएर अगाडिको पिँढीलाई हस्तान्तरण गर्नु हाम्रो काँधमा आएको महत्त्वपूर्ण जिम्मेवारी हो’ उहाँले भन्नुभयो ।

    लेनिनले क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा नै सर्वहारा वर्गले मुक्ति पाउन सक्दछ भन्ने धारणा स्थापित गर्नुभएकाले सोही आधारमा नेपालको कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउनुपर्ने उहाँले बताउनुभयो ।

    देशभित्र नेकपा (मसाल) नै सही क्रान्तिकारी कम्युनिस्ट पार्टी रहेको बताउँदै उहाँले भन्नुभयो– ‘क्रान्तिकारी विचारको हिसाबले नेकपा (मसाल) धनी छ तर सङ्गठनको क्षेत्रमा कमजोर छ । सही विचारलाई व्यवहारमा कार्यान्वयन गर्ने क्रममा नै पार्टीको सङ्गठन पनि व्यापक भएर जान्छ ।’

    पहिलो समाजवादी कानुन लेनिनको : रोका

    कार्यक्रममा मन्तव्य राख्दै अखिल नेपाल कानुन व्यवसायी सङ्घ (अन्ला) का अध्यक्ष अधिवक्ता पदम रोकाले पहिलो समाजवादी कानुन लेनिनले निर्माण गरेको बताउनुभयो ।

    ‘लेनिनले पहिलोपटक रुसमा समाजवादी व्यवस्था लागु गर्नुभयो’ उहाँले भन्नुभयो– ‘त्यसै क्रममा रुसमा पहिलोपटक समाजवादी कानुन लागु गर्नुभयो ।’

    उहाँले लेनिनको नेतृत्वमा समाजवादी कानुन लागु गरिँदै गर्दा रुसमा क्रमशः समाजवादको निर्माण भइरहेको पनि दाबी गर्नुभयो ।

    नेपालको सन्दर्भमा नेकपा (मसाल) को नीति नै क्रान्तिकारी भएको दाबी गर्दै उहाँले मसालको राजनीतिले नै नेपाली जनताका समस्या समाधान हुन सक्ने जिकिर गर्नुभयो ।

    कार्यक्रमका पूर्वाद्र्धमा नेकपा (मसाल) केन्द्रीय कार्यालयद्वारा जारी अवधारणापत्र वाचन गरिएको थियो ।

    सो अवसरमा राजमो कोषाध्यक्ष मधु क्षेत्री, अखिल नेपाल जनजाति सम्मेलनका अध्यक्ष निमबहादुर बुढा, प्रगतिशील पत्रकार सङ्घका महासचिव प्रकाश थापामगर, जातीय समता समाजका महासचिव भक्त विक, अखिल नेपाल प्रगतिशील लेखक सङ्घ (अन्पा) का महासचिव भीष्म जोशी, अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का केन्द्रीय सदस्य प्रेम मोक्तान र अखिल नेपाल किसान महासङ्घ (अप्फा) का केन्द्रीय सदस्य केबी घलेको आतिथ्य रहेको थियो ।

    नेकपा (मसाल) काठमाडौँको आयोजनमा अघि बढेको उक्त कार्यक्रमको सञ्चालन राजमो नेता वासु पोखरेलले गर्नुभएको थियो ।

    नेकपा (मसाल) ३ नं. प्रदेश ब्युरो प्रवक्ता समीर सिंहको अध्यक्षतामा अघि बढेको उक्त कार्यक्रममा उपस्थित सहभागीलाई मसालकै काठमाडौँ जिल्ला प्रवक्ता जगत्प्रसाद रेग्मीले स्वागत गर्नुभएको थियो ।

    सोमबार, बैशाख १०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.