• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ७. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ८. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

क. मोहनविक्रम सिंहलाई ८६ औं जन्मदिनको शुभकामना !


  •   बुधबार, बैशाख ०३, २०७७ मा प्रकाशित
  • सुवास जिसी

    Advertisement

    (नेपाल कम्युनिष्ट पार्टी (मसाल) का महामन्त्री मोहन विक्रम सिंह ८५ वर्ष पुरा गरी ८६ औं वर्षमा प्रवेश गर्नुभएको छ । ८६ वर्षको उमेरमा पनि स्वस्थ र सक्रिय रहँदै कम्युनिष्ट आन्दोलनको नेतृत्व गरिरहनुभएका सिंह कम्युनिष्ट आन्दोलनमा लागेका हजारौं नेता कार्यकर्ता एवं सर्वसाधारणको प्रेरणा स्रोत हुनुहुन्छ । ८६ औं वर्ष प्रवेशका अवसरमा उहाँको जीवनीलाई यहाँ संक्षेपमा उल्लेख गरेका छौं ।) 

    मोहनविक्रम सिंहको जन्म वि.सं. १९९२ साल वैशाख ३ गते काठमाडौंको मरुटोलमा भएको हो । उहाँको जन्म बुबा खिमविक्रम सिंह र आमा ताराकुमारीको माइलो सन्तानको रुपमा भएको हो । जन्म काठमाडौ भएपनि उहाँको पुर्ख्यौली घर र आफ्ना आफन्तहरु भने प्युठान मै हुनुहुन्छ । उहाँको बाल्यकाल पनि प्युठानमै वित्यो ।

    उहाँले सामान्य अक्षर आरम्भ घरमै गर्नुभएको थियो भने २ कक्षासम्म खलंगाको प्राथमिक पाठशालामा अधययन गर्नुभयो । २००३ सालमा काठमाडौं आएर शान्ती विद्यागृह लैनचौरमा कक्षा ३ मा भर्ना हुनुभयो । पछि उहाँले दरवार हाईस्कुल र जुद्दोदय पब्लिक हाईस्कुलमा पनि पढ्नु भयो । उहाँले माध्यमिक शिक्षा भने पाल्पावाट पूरा गर्नुभयो । विस २०१८ सालमा जेल परेपछि जेलबाटै आईए र बीए सिद्दाउनु भयो । बीए पछि उहाँ २०२८ सालमा जेलबाट मुक्त हुनुभयो । भुमिगत राजनीतिमा संलग्न उहाँले २०३७ सालमा भारतबाट अर्थशास्त्रमा एमए गर्नुभयो ।

    उहाँ २०१० सालदेखि नै नेपाल कम्युनिस्ट पार्टीको सदस्य हुनुभयो र त्यसयता निरन्तर ६७ वर्ष कम्युनिस्ट पार्टीमै काम गरिरहनु भएको छ । सम्भवत उहाँ अहिलेका जिवित कम्युनिस्ट पार्टी सदस्य मध्य सबै भन्दा पुरानो पार्टी सदस्य हुनुहुन्छ । उहाँ २००७ सालदेखि नै राजनीतिमा संलग्न हुनुभएको थियो ।

    त्यतिबेलाको प्रजातान्त्रिक आन्दोलनमा प्युठान र सल्यानको संघर्षमा उहाँ सामेल हुनुभएको थियो । २००९ मा भारतीय हस्तक्षेप विरुद्ध जुद्दोदय हाइस्कुलबाटै गिरफ्तार भएर २ महिना जेल चलान हुनुभएको थियो । २०११ सालमा प्युठानमा कम्युनिस्ट पार्टीको स्थापना गरि किसान आन्दोलनको नेतृत्व गर्नुभएको थियो । प्युठानको उक्त किसान आन्दोलन नेपालको कम्युनिस्ट आन्दोलनको सुरुवाती दिनहरुको सबै भन्दा महत्त्वपूर्ण आन्दोलनको रुपमा चिनिन्छ । उहाँ २०११ साल देखि २०२७ सालमा पटक पटक गरि करिब १२ वर्ष जेल जीवन विताउनु भयो ।

    उहाँको जेल जीवन पाल्पा, सल्यान, कपिलवस्तु , भैरहवा, काठमाडौंको सेन्ट्रल, हनुमानढोका, नख्खु र भद्रगोल जेलमा वित्यो । उहाँले कुनै पनि समयमा तत्कालीन सरकारसँग सम्झौता गर्नुभएन बरु अफ्ना मागहरु प्रती जेलभित्रबाटै दृढतापुर्वक संघर्ष गर्नुभयो ।

    उहाँ २०१४ सालमा नै नेकपाको केन्द्रीय सदस्य हुनुभयो । २०१९ सालमा पोलिटब्यूरो सदस्य हुँदै २०३१ सालमा सम्पन्न पार्टीको चौथो महाधिवेशन पछि महामन्त्रीमा निर्वाचित हुनुभयो । त्यसयता पार्टीको टुटफुट, एकताको सिलसिलामा पार्टी महामन्त्री, कुनैबेला केन्द्रीय सदस्य तथा साधारण सदस्य रहेर पनि पार्टीको जिम्मेवारीलाई पूरा गर्दै आउनुभयो ।

    उहाँलाई नेपालको कम्युनिस्ट आन्दोलनको जिउँदो इतिहासको रुपमा लिन सकिन्छ । पार्टी भित्र चलेका अन्तर संघर्ष, टुटफुटहरुलाई झेल्दै नेपालको कम्युनिस्ट आन्दोलनलाई क्रान्तिकारी दिशा प्रदान गर्न सधै सफल हुनुभयो । पार्टी भित्र देखिने निम्नपुँजिवादी चिन्तन, दक्षिणपन्थी अवसरवाद र विभिन्न प्रकारका भड्कावहरुका विरुद्ध निरन्तर र कठिन संघर्षहरु संचालन गर्नुभयो ।

    देशको तत्कालीन राजनीतिलाई जहिले पनि देश र जनताको भलोलाई केन्द्रमा राखेर पार्टीका कार्यनीतिहरुको निर्माण गर्नुभयो र त्यसलाई लागू गर्ने प्रयत्न गर्नुभयो। उहाँ कहिल्यै पनि पदलाई केन्द्रमा राखेर वा राज्यवाट सुविधा लिने कुनैपनि ठाउँमा जानुभएन बरु जुनसुकै समयमा पनि कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउन काम गर्नुभयो ।

    मोहनविक्रम सिंह एउटा राजनीतिकर्ता मात्र होइन उहाँ कुशल लेखक, साहित्यकार पनि हो । उहाँका थुप्रै राजनैतिक किताब, लेखहरु प्रकाशित त छन नै त्यो बाहेक थुप्रै साहित्यिक विधामा पनि कलम चलेका छन् । सिंहका इन्कलाब जिन्दावाद (कविता संग्रह), तुफानको संगित (हाइकु– मुक्तक संग्रह), झिमरुक नदी र चिवेचराको कथा (खण्डकाव्य) , युग बोल्छ (कविता), आदि विद्रोह (खण्डकाव्य), गंगाकावेरी एक्सप्रेस (खण्डकाव्य) हुन् ।

    उहाँले लेखेका ‘फागुन २४ गते विजयको बिहान’ र ‘बाह्र मई’ चर्चित नाटक हुन् ।  त्यसबाहेक सिंहको नेपाली समालोचना विधामा पनि योगदान रहेको छ । उहाँले विचार विवेचना तथा विश्लेषणमा थुप्रै नेपाली साहित्यकारका साहित्यको समालोचना गर्नुभएको छ । सुलोचना, रातो लालटिन, युवाहरुको गित,नयाँघर र आमा उपन्यासमा गरिएका समालोचना र कतिपय साहित्यमा उहाँले लेखेका भुमिकाहरुले नेपालको प्रगतिशील समालोचनाको क्षेत्रलाई विस्तार गर्न मद्धत गरेको छ ।

    उहाँका दर्जनौं किताब, लेख र साहित्यहरु प्रकाशित छन । ती सबै रचनालाई एकमुष्ट रुपमा प्रकासन गर्न मोहनविक्रम सिंहका संकलित रचनाहरु नामक पुस्तक प्रकाशन गर्ने योजना रहेको छ । उहाँको बहुप्रतिक्षित उपन्यास जलजला अब छिटै प्रकाशन हुने क्रममा छ भने उहाँको आत्मवृतान्त पनि प्रकाशोन्मुख कृति हो ।

    अहिले उहाँ नेकपा (मसाल) को महामन्त्री हुनुहुन्छ । अहिले पनि उहाँको सकृयतामा कुनै कमि छैन। आजबाट उमेरले उहाँ ८६ वर्षमा प्रवेश गर्नुभयो । तर देश, जनता र पार्टीको काममा उहाँ दैनिक १८ घण्टा भन्दा बढी खटेर काम गर्नुहुन्छ । पार्टीका कार्यक्रमको योजना बनाउने देखि लिएर सामान्य कामको व्यबस्थापनमा समेत अहिले पनि उत्तिकै ध्यान दिनुहुन्छ ।उहाँको नजिक रहेर काम गर्दा लाग्छ उमेरले उहाँ जति बूढो भए पनि काम १७र१८ वर्षको युवकले जस्तो खटेर गर्नुहुन्छ ।

    ८६ वर्षको उमेरमा प्रवेश गर्नुभएकोमा डियर कमरेड मोहनविक्रम सिंह ज्युलाई हार्दिक वधाई । तपाईको सु–स्वास्थ्य र दीर्घायुको कामना !

    बुधबार, बैशाख ०३, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान
    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब
    मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै
    राजेन्द्र महतो नेतृत्वको पार्टीमा फुट

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.