• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

पर्यटनमा समृद्धि खोज्दै बागलुङकाे तमानखोला


  •   बिहिबार, बैशाख ०६, २०८१ मा प्रकाशित
  • ढोरपाटन (बागलुङ) । कतै अग्ला पहाड, कतै होचा खोंच । पश्चिम बागलुङको तमानखोला गाउँपालिका भौगोलिक रूपमा अलि अप्ठ्यारो तर निकै मनोरम छ । डाँडाकाँडाले घेरिएका बस्ती । पहाडको शिरसम्म तालतलैया र हिमालको काखमा रहेका बस्तीले पर्यटकलाई पर्खिरहेका छन् ।

    Advertisement

    थुप्रै धार्मिक तथा पर्यटकीय क्षेत्र भए पनि हालसम्म प्रचारप्रसार र पूर्वाधार निर्माण नहुँदा ओझेलमै थिए । तमानखोला गाउँपालिका पछिल्लो समय पर्यटन सम्भावना बोकेका क्षेत्रको विकासमा जुटेको छ । गाउँपालिकाले एक हजारदेखि चार हजार दुई सय मिटरको उचाइसम्म रहेका पर्यटकीय क्षेत्रको विकास गर्न थालेको छ ।

    पालिकाभित्र रहेका सम्भावना बोकेका पर्यटकीय गन्तव्य उजागर गर्नका लागि गाउँपालिकाले केन्द्र र प्रदेश सरकारसँग समन्वय गरिरहेको छ । तमानखोलाले उत्तरमा म्याग्दीसँग जोडिएको सोलेडाँडा, दक्षिणमा ढोरपाटनसँग जोडिएको जिल्लाकै सुन्दर बराह ताल, तमान गाउँ, ढोमइथान मन्दिर, सांस्कृतिक पहिचानका रूपमा रहेको सोरठी नाचको संरक्षणमा गाउँपालिकाले लगानी गरेको छ ।

    नौडल्लेको पहाडलाई समेत प्रचार प्रसार गर्न थालिएको छ । बागलुङको दोस्रो व्यापारिक केन्द्र बुर्तिबाङ बजारबाट नजिक रहेको तमानखोलाले पर्यटनसम्बन्धी संरचना निर्माण गरेर पर्यटक भित्र्याउन गाह्रो छैन । पछिल्लो समय प्रचारप्रसार र भौतिक संरचना निर्माण भएपछि पर्यटकको आगमन बढिरहेको छ ।

    गाउँपालिकाले पर्यटकलाई आकर्षण गर्न र प्रचारप्रसारलाई तीव्रता दिनका लागि समय–समयमा पर्यटन बहससमेत गर्दै आएको छ । गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले पहिलेको तुलनामा अहिले यहाँको धार्मिक तथा पर्यटकीय क्षेत्रमा पर्यटक बढ्दै गएको बताउनुभयो ।

    आफू निर्वाचित भएर आएर आएदेखि नै पर्यटन विकासमा काम गरिरहेको उहाँको भनाइ छ । पालिकाको सबैभन्दा चर्चित सोलेडाँडामा सहिद स्मृति पार्क, पाहुनाघर, कोसेलीघर, जडीबुटी पार्क, वनभोजस्थल निर्माण, खानेपानी, सार्वजनिक शौचालयको व्यवस्थापन गरिसकेको अध्यक्ष बुढामगरले बताउनुभयो ।

    तमानखोलाका गाउँगाउँमा पदमार्ग, तमान गाउँका घरहरूमा एकै प्रकृतिको रङ लगाउने योजनासमेत रहेको भन्दै बराह तालमा करिब रु एक करोड हाराहारीका संचरना निर्माण गरेको उहाँको भनाइ छ ।

    “हामी निर्वाचित भएर आएपछि पहिलो कार्यकालदेखि नै पर्यटन क्षेत्रमा लगानी गर्दै आएका छौँ, तमानखोलामा एउटा पर्यटनको जग बसाल्ने काम भएको छ, अब सबै धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचारप्रसार र विकासमा जोड दिएका छौँ”, अध्यक्ष बुढामगरले भन्नुभयो, “यो पालिकाले पर्यटन विकासमार्फत समृद्धि हासिल गर्न सक्छ भन्ने हिसाबले काम गरिरहेका छौँ, पहिलेको तुलनामा अहिले धेरै पर्यटक आएका छन्, सोलेडाँडा होस् या बराह ताल, हरेक महिना घुम्न आउने पर्यटक बढिरहेको हामीहरूले महसुस गरेका छौँ, अझै थप लगानी गर्दै जाने तयारीमा छौँ ।”

    तमानखोला–२ का स्थानीय ओम पुनले स्थानीय सरकार आएपछि यहाँको पर्यटन क्षेत्रमा धेरै सुधार आएको बताउनुभयो । गाउँपालिकाले हरेक वर्ष धार्मिक तथा पर्यटकीय क्षेत्रमा पूर्वाधर निर्माण गर्दै आएपछि पर्यटकको आगमन पनि बढ्दै गएको उहाँको भनाइ छ । अघिल्लो वर्षसम्म बराह तालमा सडक नपुग्दा कम पर्यटक आएको भन्दै यस वर्ष एकै दिन हजारौँ पर्यटकले बराह मन्दिरको दर्शन र तालको अवलोकन गरेको उहाँ बताउनुहुन्छ ।

    भौगोलिक विकटताका कारण पछाडि भए पनि गाउँपालिकाले विकासका लागि प्रयास भने गरिरहेको पुनको भनाइ छ । उहाँले भन्नुभयो, ‘वडा नं २ मा बराह ताल पर्छ, म पनि यही ताल भएकै ठाउँको बासिन्दा भएको हुँदा पहिलेभन्दा अहिले निकै धेरै पर्यटक आएको पाएका छौँ, अन्य ठाउँमा पनि बेला–बेलामा पर्यटक घुम्न आएको देखिन्छ, तर पहिले घुम्न आउने मान्छे निकै न्यून थिए, अब गाउँपालिकाले पर्यटकलाई लक्षित गरी घरबास ९होमस्टे० बनाउनुपर्छ भने सडक र अन्य पूर्वधार निर्माण जोड दिनुपर्छ ।

    बिहिबार, बैशाख ०६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.