• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

अभिभावकको प्रयासमा सुधारियो एउटा सामुदायिक विद्यालय


  •   बुधबार, बैशाख ०५, २०८१ मा प्रकाशित
  • सङ्गीता राई, धरान (सुनसरी) ।

    Advertisement

    सरकारको मात्र मुख नताकी विद्यालय आफ्नै प्रयासमा पनि सुधार गरी अभिभावक र विद्यार्थी आकर्षित हुन्छन् भन्ने उदाहरण बनेको छ, धरान उपमहानगरपालिका–१२ स्थित ‘पब्लिक हाइस्कुल’ ।

    धरानकै अन्य विद्यालयमा विद्यार्थीको सङ्ख्या घटिरहेका बेला पब्लिकमा भने बर्षेनि विद्यार्थी बढेका बढ्यै छन् । विद्यार्थीको चाप अत्यधिक भएपछि विद्यालयले हरेक वर्ष प्रवेश परीक्षाबाट छनोट गरेर क्षमताअनुसारका मात्र विद्यार्थी भर्ना गर्ने गरेको छ ।

    नयाँ शैक्षिकसत्रमा भर्ना हुने विद्यार्थीको सङ्ख्या दोब्बरभन्दा बढी भएपछि विद्यालयमा मङ्गलबार प्रवेश परीक्षा सञ्चालन भयो । विद्यालयले नर्सरीदेखि कक्षा ९ सम्म जम्मा तीन सय १४ विद्यार्थीका लागि भर्ना आह्वान गरेकोमा प्रवेश परीक्षामा सात सय १२ जना सहभागी भएको विद्यालयका संयोजक वीरेन्द्रबहादुर साहले जानकारी दिनुभयो ।

    मङ्गलबार पब्लिक हाइस्कुलमा आफ्ना सन्तानलाई प्रवेश परीक्षाका लागि ल्याउनेमा इटहरीस्थित सिबी कलेजमा प्रिन्सिपल सागर भट्टराई पनि एक हुनुहुन्थ्यो । उहाँले पब्लिकमा पढाइ राम्रो भएकाले छोरालाई भर्ना गराउन चाहेको बताउनुभयो ।

    उहाँले भन्नुभयो– ‘पहिला आफूले पढाएका धेरै विद्यार्थी अहिले यही विद्यालयमा शिक्षक छन् । उनीहरूप्रतिको विश्वासले पनि दिल्ली पब्लिक स्कुलबाट छोरालाई यहाँ ल्याउन चाहेको हुँ ।’

    धरानका सुदर्शन श्रेष्ठले पनि निजी विद्यालयमा पढिरहेका छोरालाई पब्लिकमा प्रवेश परीक्षाका लागि ल्याउनुभएको थियो । उहाँले सो विद्यालयमा पढाइरहेका अन्य अभिभावकले पढाइ राम्रो रहेको बताएपछि आफूले पनि ल्याउन चाहेको जानकारी दिनुभयो ।

    अभिभावक प्रविना लिम्बुले सामुदायिक विद्यालय भए पनि पब्लिकमा गाडी र अन्य धेरै सुविधा पनि भएकाले आफू आकर्षित भएको बताउनुभयो ।

    त्यस्तै, राधिका कार्कीले पनि विभिन्न विषयको पढाइ हुने जानकारी पाएर यही विद्यालयमा भर्ना गर्न चाहेको बताउनुभयो ।

    विद्यालयका शिक्षक–अभिभावक सङ्घका अध्यक्ष राजेन्द्र किरातीले विद्यालयले अभिभावकसँग पटक पटक छलफल र सहकार्य गरेर पठनपाठनमा सुधार गर्दै लगेका कारण अभिभावकको आकर्षण बढेको बताउनुभयो ।

    उहाँ भन्नुहुन्छ– ‘पहिला यो विद्यालय पनि अन्य सामुदायिक विद्यालयभन्दा फरक थिएन तर जब विद्यालयले अभिभावकसँग समस्या राखेर समाधानको बाटो खोज्यो, त्यसपछि अभिभावककै सहयोगमा विद्यालय चलिरहेको छ । हामी अभिभावक पनि खुसी छौँ ।’

    विद्यालयले विद्यार्थीका अभिभावकसँग आर्थिक सहयोग जुटाएर विभिन्न सुविधा थप गरिरहेको छ । पब्लिकसँग हाल छओटा विद्यालय बस छन् । ल्याब, पुस्तकालय तथा मन्टेरुवरी कक्षा पनि सञ्चालन छ ।

    विद्यालयका प्रधानाध्यापक डा इन्द्रमोहन झा अभिभावकको सहयोगकै भरमा विद्यालयको स्वरूप परिवर्तन भएको बताउनुहुन्छ । उहाँका अनुसार विद्यालयमा शिक्षक र कर्मचारी गरेर हाल एक सय ९२ जना कार्यरत हुनुहुन्छ । त्यसमध्ये जम्मा ४० जनाको मात्र सरकारले तलब दिन्छ । बाँकीलाई अभिभावकसँग सहयोग जुटाएर तलबको व्यवस्थापन गरिएको छ ।

    उहाँ भन्नुहुन्छ– ‘दश वर्षअघि सम्म यो विद्यालय पनि अरू सामुदायिक विद्यालयभन्दा फरक थिएन । गुणस्तर कमजोर थियो  । हामीले अभिभावक र सरोकारवालासँग छलफल गरेर सुधारको प्रयास गर्दा अभिभावकले सहयोग गर्नुभयो । अहिले त्यसैको भरमा चलेका छौँ ।’

    विद्यालयमा नर्सरीदेखि कक्षा १२ सम्म जम्मा तीन हजार पाँच सय हाराहारी विद्यार्थी छन् । यो विद्यालयलाई सरकारले नमुना विद्यालयको रूपमा समेत छनोट गरेको छ । यसपटक बाट सरकारले विज्ञान पठनपाठनका लागि कार्यक्रम सञ्चालन गर्न पब्लिकलाई पनि छनोट गरेको छ ।

    विद्यालयमा हाल इलेक्ट्रिकल इञ्जिनियरिङ, कम्प्युटर साइन्स, कम्प्युटर म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ब्युटिसियन कक्षासमेत सञ्चालन भइरहेका छन् । हाल नर्सरीदेखि ९ कक्षासम्म अङ्ग्रेजी माध्यम र १० देखि १२ सम्म नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठनपाठन भइरहेको प्रधानाध्यापक डा झाले बताउनुभयो ।

    सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घको कोशी प्रदेश समिति सचिव तथा पब्लिक हाइस्कुल विद्यालय व्यवस्थापन समिति अध्यक्ष हरिबहादुर कार्की विद्यालय र अभिभावककै पहलमा शैक्षिक वातावरण सुधार गरिएका सामुदायिक विद्यालयमा आकर्षण बढेको बताउनुहुन्छ । सरकारले निःशुल्क शिक्षा घोषणा गरे पनि सबै विद्यालयलाई पूर्वाधारयुक्त बनाउन नसक्दा धेरैमा समस्या रहेको उहाँको गुनासो छ ।

    उहाँ भन्नुहुन्छ– ‘अहिले विद्यालय र अभिभावकको सहकार्य भएका सामुदायिक विद्यालयमा पठनपाठन राम्रो छ तर सरकारको मात्र भर परेर बसेका विद्यालयमा विद्यार्थी सङ्ख्या घटिरहेका छन् । यस विषयमा सरकारले बेलैमा ध्यान दिनु जरुरी छ ।’(रासस)

    बुधबार, बैशाख ०५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.