• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

यस्तो छ, जापानमा नेपालीको अवस्था


  •   बुधबार, बैशाख ०३, २०७७ मा प्रकाशित
  • देबेन्द्र बस्याल

    Advertisement

    टोकियो (जापान) । कोभिड–१९ को महामारीका कारण जापान सरकारले पनि अप्रिल ७ तारिकदेखि टोकियो लगाएत अरु ६ राज्यमा संकटकाल लागू गरेको छ । त्यसैगरी आइची र क्योटो राज्यले पनि संक्रमणको अवस्था हेरी आफैँ संकटकाल घोषणा गरेका छन् ।

    करिब १४ करोड जनसंख्या भएको जापानमा टोकियोमा मात्रै ४ करोड भन्दा बढी जनसंख्या रहेको छ भने विदेशीहरुको जनसंख्या ३५ लाख जती रहेको छ । विदेशीहरु मध्ये सवैभन्दा बढी चाइनीजहरु ९ लाख जती रहेका छन् । तर पनि जापानमा कोरोना भाइरस कोभिड–१९ अवस्था केही मन्दगतीमा बृद्धि भैरहेको अहिलेसम्मको आँकडाले देखाएको छ ।

    अहिलेसम्म जापानमा ७ हजार ७ सय १३ भन्दा केही बढी कोरोना भाइरसबाट संक्रमित भएका छन । संक्रमितको संख्या दिनको १५० को दरले प्रतिदिन बढिरहेको छ । यहाँ कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १४५ पुगेको छ ।

    जापानमा अहिलेसम्म नेपालीहरुको संख्या एकलाखको हाराहारीमा रहेको छ तर कोरोना भाइरसबाट २ जना नेपालीहरु विरामी परेको खबर आएको छ । उनीहरुको अवस्था सामान्य रहेको बताइएको छ ।

    जापानको लगभग सबै राज्य वा प्रान्तमा कोरोना भाइरस फैलिइसकेको छ तर त्यो तिब्र गतीमा भने बढेको पाइएको छैन । त्यसको मूल कारण या त चेकजाँच कम भएको हुनसक्छ या जापानमा पश्चिमा मुलुकहरुले जस्तो भेट हुँदा अँगालो मार्ने, किस गर्ने जस्तो सभ्यता जापानमा नभएका कारण पनि भाइरसले तिब्रता पाउन नसकेको हो कि भन्ने विज्ञहरुको आँकलन छ ।

    अर्कोतिर सरकारले संकटकालको घोषणा त गरेको छ तर जनजीवन बाहिर सामान्य नै छ । रेल, बस, ट्याक्सी, साना, दोकान, रेष्टुरेन्ट, खाद्यन्नका पसलहरु सबै चलिरहेका छन् । भिडभाड उस्तै छ जस्तो पहिला हुन्थ्यो । तर सरकारले बारम्बार जनतालाई घरबाहिर नजान टीभी, एफएम, बजारमा एनाउन्स आदी माध्यमबाट भनिरहेको छ । ठूला, होटल, रेष्टुरेन्ट, शपिङमल, डिपार्टमेन्टल स्टोर जस्ता ठूला विजनेस केन्द्रहरु बन्द भएका छन् ।

    अहिले कतिपय नेपाली, भारतीय तथा पाकिस्तानीहरुले चलाउँदै आएका रेष्टुरेन्टहरु पनि ग्राहक नआएका कारण बन्द गर्ने अवस्था आएको छ । अहिले कैयौं नेपाली कामदारहरु कोठामै बसेको अवस्था छ । सरकारले करिब १ करोड ५० लाख घरधुरीलाई ३ लाखको दरले राहात सहयोग दिने घोषणा त गरेको छ तर त्यो राहातकोषले नेपाली तथा अन्य विदेशी कामदार मजदुरहरुलाई छुन्छ की छुँदैन ? जापान सरकारको सहयोग कोषको दायरा कस्तो प्रकारको हो ? भन्ने कुरा अहिले नै भन्न सकिने अवस्था छैन ।

    टोकियोमा रहेका नेपालीहरुलाई सम्पर्क गर्दा इश्वर सापकोटा, अरुण श्रेष्ठ, शिव गिरी, देबेन्द्र बस्याल, गुरुप्रसाद मैनाली, बासु पौडेल लगायतका दर्जनौं नेपालीहरुले १५ दिन पहिला देखि रुममा बस्दै आएको कुरा जानकारी दिनुभएको छ । जापान जस्तो ठाउँमा, ७०/८० हजार कोठा भाडा, खानपान, विजुली, पानी, ग्यासको लगाएको घर खर्चको हिसाब गर्दा जिउन निकै कठिन हुने कुरा उहाँहरुले बताउनुभएको छ ।

    जापान सरकारले आगामी मईबाट प्रदान गर्न लागेको राहात कोषले नेपालीहरुलाई छुनसके पनि त्यो प्रर्याप्त हुँदैन । कोरोना भाइरसको महामारी देशैभरी भर्खर फैलिने क्रम जारी रहेकोले मई ६ सम्म भनिएको संकटकाल अरु लम्बिन सक्ने कतिपयले बताउन थालेका छन् । त्यसरी संकटकाल अरु लम्बिएको खण्डमा समस्याहरु झन् थपिँदै जाने निश्चित छ ।

    बुधबार, बैशाख ०३, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान
    हिमाचलको रामपुर बुशहरमा तीज कार्यक्रम सम्पन्न
    मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न
    वार्षिक एरिया सम्मेलन सम्पन्न
    बठिन्डामा मूल प्रवाहको तिजी कार्यक्रम तथा श्रद्धाञ्जली सभा
    राजपुरामा तिजी कार्यक्रमसँगै कार्यकर्ता सम्मान

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.