• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

फुटपरस्तहरू वैशाखभित्रै वैद्य समूहमा समाहित हुँदै, कार्यकर्तामा चरम असन्तुष्टि फैलियो


  •   मङ्गलबार, बैशाख ०४, २०८१ मा प्रकाशित
  • काठमाडौँ । नेकपा (मसाल) बाट अनुशासनको कारबाहीमा परी अलग भएका फुटपरस्त तत्त्वहरू मोहन बैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीमा समाहित हुने भएका छन् । यही २०८१ वैशाखभित्रै उनीहरू वैद्य समूहमा समावेश हुन लागेका हुन् ।

    Advertisement

    फुटपरस्त र वैद्य पक्षमाझको वार्ताटोलीले माओवाद, माओवादी समूहको दश वर्षे सशस्त्र युद्ध र सङ्घीयताबारे खुल्ला छलफलमा लैजाने गरी बैद्य पक्षमा फुटपरस्तहरू समावेश हुन थालेका छन् ।

    यता, सन्तबहादुर नेपालीले नेतृत्व गरेको कथित मशालसँग पार्टीएकता हुन थालेको खबर बाहिरिएसँगै बैद्य पक्षभित्र असन्तुष्टि बढेको बताइएको छ । सो पार्टीको पथप्रदर्शक सिद्धान्त “माओवाद”, दश वर्षे “जनयुद्ध” लाई जनताको युद्ध नमान्ने र त्यो उग्रवामपन्थी भड्काउ वा आतङ्ककारी गतिविधि थियोे भन्ने विषय, सङ्घीयतालाई पनि पार्टीको आधिकारिक लाइनबाट हटाउने विषयलाई पनि खुला बहसमा लैजाने सहमति वार्ताटोलीले गरिसकेकोमा यस्तो असन्तुष्टि बढेको बताइएको छ ।

    सो पार्टीका एक केन्द्रीय सदस्यका अनुसार क्रान्तिको ऐतिहासिक आवश्यकता भन्दै एक वर्षपहिले कथित नेकपा (बहुमत) सँग पार्टीएकता गर्न पुगेको वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीभित्र भाँडभैलो मच्चिएका अरू विषय पनि छन् । त्यसमध्ये गत २०८० असोज महिनायता केन्द्रीय समितिको बैठक बस्न नसकेको तथा वैद्यले क्रान्तिका नाममा कार्यकर्तालाई अलमल्याउँदै आएको आरोप कार्यकर्ताको छ ।

    आगामी जेठमा सम्पन्न गरिने भनिएको एकता महाधिवेशनबाट फौजी कार्यदिशा पारित गरेर जनमुक्ति सेना निर्माण गर्ने, पार्टीको कार्यदिशा सशस्त्र जनविद्रोह भएकाले त्यसको सबल कार्यान्वयनका लागि सोहीबमोजिमका विद्रोही सङ्गठन बनाउने, पार्टीलाई भूमिगत शैलीमा ढाल्ने र खुला रूपमा पार्टीको कार्यक्रम जनताका बिचमा पुर्‍याउनका लागि संयुक्त मोर्चा निर्माण गर्ने भन्दै पार्टीएकता गर्न पुगेको वैद्य समूह पार्टीएकताको छ महिनापछि २०८० असोजमा बैठक बसेको थियो । त्यसपछि केन्द्रीय समितिको बैठकसमेत नबसेर पार्टी निष्क्रिय बनेको बताइन्छ ।

    ‘पछिल्लो समय पार्टीएकताबाट भित्रिएका कञ्चन, सुदर्शनहरू विचारविहीन, स्वार्थी, अवसरवादी तथा आर्थिक र सांस्कृतिक विचलन परेको मात्रै होइन, प्रचण्ड, विप्लव नेतृत्वका पार्टीले समेत कारबाही गरेर साधारण सदस्यताबाट निकालिएका हुन्’ एक जना कार्यकर्ता भन्छन्– ‘उनीहरूकै दबाबमा परेर वैकल्पिक सरकार गठन गर्ने कार्यदिशा पारित गरेर प्रचण्डको लाइनलाई पक्रन पुगेपछि पार्टीभित्रका क्रान्तिकारी कार्यकर्ताहरू निराश हुन पुगेका छौँ ।’

    सात/सात महिनासम्म पनि नेतृत्वले पार्टी केन्द्रीय समितिको बैठक नबोलाउनुले एकातिर कार्यकर्ताहरू निराश हुँदै पार्टी छोड्ने र पलायन हुने तीव्र गतिका साथ अगाडि बढिरहेको छ भने अर्कोतिर, सांस्कृतिक रूपले विचलनमा परेका कारण प्रचण्डले पार्टीको साधारण सदस्यसमेतबाट निष्काशन गरेको, विप्लव नेतृत्वको नेकपाभित्र करोडौँको भ्रष्टाचार गरेपछि पार्टीले साधारण सदस्यबाट समेत निस्कासन गरिएको व्यक्तिहरू हाबी भएको उनीहरूको भनाइ छ ।

    “प्रचण्डपथ” को सबैभन्दा ठुलो हिमायती र व्याख्याता मानिएका हेमन्तप्रकाश वलीलाई वैद्यले लाजै नमानी पार्टीभित्र भित्र्याएको र हाल आएर आफ्नो भावी उत्तराधिकारीको रूपमा अगाडि सार्ने कसरत गरिरहेकोमा पार्टीभित्र असन्तुष्टि फैलिएको बताइन्छ ।

    विभिन्न टेलिभिजन अन्तर्वार्तामा स्वयम् वैद्यले वैकल्पिक सरकारको माग भट्याउँदै आएको विषयलाई सो पार्टीको संसदीय व्यवस्थाभित्र छिर्ने चालबाजी हो भन्नेसम्म आशङ्का पार्टीभित्र फैलिएको ती केन्द्रीय सदस्यको दाबी छ ।

    त्यस्तै, पार्टीको पथप्रदर्शक सिद्धान्त माओवाद नमान्ने, दश वर्षे “जनयुद्ध” लाई आतङ्ककारी गतिविधि भएको बताउँदै आएका रामसिंह श्रीसलाई केन्द्रीय स्कुलिङ विभागको संयोजक र आर्थिक, नैतिक, सांस्कृतिक रूपमा पतन भएको र “प्रचण्डपथ” को सबैभन्दा ठुलो प्रशंसक र व्याख्याता हेमन्तप्रकाश वलीलाई माक्र्सवादी प्रशिक्षक बनाएकोमा पनि असन्तुष्टि रहेको बताइएको छ ।

    पार्टी नेतृत्वले सीताराम तामाङको नेतृत्वमा चन्दा सङ्कलन गर्नेे कमिटी बनाई त्यसलाई परिचालन गरी लाखौँ चन्दा असुली गर्ने, विप्लव नेतृत्वको नेकपा छँदा चन्दाआतङ्क फैलाउन सहयोग गरेका कार्यकर्ता लिएर पार्टीभित्र पसेको वलीले उनै युवालाई प्रयोग गरेर कालो मोसो दल्दै चन्दा असुल्दै गरेर करोडौँ रकम जम्मा गरेको विषय पनि उठ्ने सो पार्टीभित्र गरेको छ ।

    मङ्गलबार, बैशाख ०४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.