टेकराज भुसाल, सन्धिखर्क ।
जिल्लाको भूमिकास्थान नगरपालिका वडा नम्बर २ ढाकावाङको ठुलापोखरामा सम्पन्न भलिबल प्रतियोगिताको उपाधि असुरकोट युवा संजालले हाता पारेको छ ।
देविकास्थान झाँकिशाला टोल विकास संस्थाले नव वर्षको अवसरमा आयोजना गरेको भलिबल खेलको २०८१ वैशाख ३ गते सोमबार फाइनल खेल भएको हो ।
सहभागी १२ समूहमध्य प्रथम स्थानका लागि धारापानी र असुरकोट युवा सञ्जालबिच भएको खेलमा धारापानीलाई पछि पार्दै असुरकोट युवा सञ्जालले प्रथम स्थान हासिल गर्न सफल भएको हो भने धारापानी दोस्रो भएको छ ।
त्यसैगरी, तेस्रो स्थानको लागि शीतगङ्गा सीतापुर र मालारानी बामरुकबिच भएको खेलमा सीतापुरलाई पछि पार्दै बामरुकले तेस्रो स्थान हाता पार्न सफल भएको छ ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई कार्यक्रमका प्रमुख अतिथि भूमिकास्थान नगरपालिकाका नगरप्रमुख झबिलाल थापा, २ नम्बर वडाका अध्यक्ष बुद्धिबहादुर थापा, कार्यपालिका सदस्य केशरा परियार, वडासदस्य नारायणप्रसाद खनाल, भूमिकास्थान युवा सञ्जालका संयोजक टेकराज भुसाल र संस्थाका अध्यक्ष जितेन्द्र खत्रीले क्रमशः २५ हजार, १५ हजार र १० हजार रुपियाँ सहित सिल्ड मेडल र प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो ।


