• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

भूमिकास्थान धारापानीका बाख्रापालक किसानलाई प्रजनन्योग्य बाख्रा वितरण


  •   सोमबार, बैशाख ०३, २०८१ मा प्रकाशित
  • टेकराज भुसाल, सन्धिखर्क ।

    Advertisement

    अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका–३ धारापानीका बाख्रापालक कृषकलाई प्रजनन्योग्य बोका र पाठी वितरण गरिएको छ ।

    भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्र अर्घाखाँचीको आर्थिक सहयोगमा २०८१ वैशाख २ गते आइतबार सानीपोखरी कृषि तथा पशुपालन कृषक समूहमा आबद्ध कृषकलाई प्रजनन्योग्य बोका र पाठी वितरण गरिएको हो ।

    भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्र अर्घाखाँचीका प्रमुख विष्णुप्रसाद पौडेल, भूमिकास्थान–३ का अध्यक्ष कृष्णप्रसाद बन्जाडे, प्रगति कृषक सहकारी संस्थाका अध्यक्ष भुवानन्द भुसाल, भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्रका राधा पन्थी (पान्डे), भूमिकास्थान युवा सञ्जालका अध्यक्ष टेकराज भुसालले कृषकलाई ५८ ओटा प्रजनन्योग्य बाख्रा, दुईओटा बोका हस्तान्तरण गर्नुभएको थियो ।

    सो अवसरमा बोल्दै भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्र अर्घाखाँचीका प्रमुख विष्णुप्रसाद पौडेलले अनुदानमा दिइएको प्रजनन्योग्य बाख्रा तथा बोकाबाट किसानको जीवनस्तर माथि उठाउन टेवा पुग्ने विश्वास व्यक्त गर्दै बाख्रापालन सजिलो पेसा भएको र राम्रो आयआर्जन गरी अरूका अघि उदाहरणीय बन्न किसानलाई आग्रहसमेत गर्नुभयो ।

    भूमिकास्थान–३ का अध्यक्ष कृष्णप्रसाद बन्जाडेले ३ नम्बर वडा बाख्रापालनका लागि उपयुक्त वातावरण भएको बताउँदै बाख्रापालन व्यवसाय अघि बढाउन आग्रह गर्नुभयो ।

    प्रगति कृषक सहकारी संस्था भूमिकास्थान १ र २ का अध्यक्ष भुवानन्द भुसालले सहकारीमा आबद्ध कृषकले प्राप्त गरेका प्रजनन्योग्य बोका तथा पाठीलाइ राम्रोसँग पालनपोषण गरी आर्थिक लाभ लिन लागि अनुरोध गर्दै कृषकलाई केही समस्या परेमा साथ दिन तयार रहेको बताउनुभयो ।

    कार्यक्रममा भूमिकास्थान नगरपालिकाका पशुप्राविधिक हुमाकान्त बन्जाडे, भूमिकास्थान युवा सञ्जालका संयोजक टेकराज भुसाल, भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्रका कर्मचारी, स्थानीय सङ्घसंस्थाका अध्यक्ष, प्रतिनिधि तथा कृषकको उपस्थिति रहेको थियो ।

    कार्यक्रम सानीपोखरी कृषि तथा पशुपालन कृषक समूहका अध्यक्ष बसन्ता पौडेलको अध्यक्षता र भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्र अर्घाखाँचीका अधिकृत छैटौँ सुन्दरलाल विकको सहजीकरणमा सम्पन्न भएको थियो ।

    सोमबार, बैशाख ०३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.