धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा एकै पार्टीका दुई सांसदले दाबी पेश गरेका छन् । नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्य लक्ष्मणकिशोर चौधरी र कैलाश चौधरीले आइतबार प्रदेश प्रमुख नजिर मियाँसमक्ष दाबी पेश गरेका हुन् ।
लक्ष्मणकिशोर चौधरीले नेपाली कांग्रेस ९१८० र एकीकृत समाजवादी ९४० को समर्थनमा दावी पेश गरेका छन् ।
यस्तै, सोही दलका कैलाश चौधरीले एमाले ९१००, माओवादी केन्द्र ९सभामुखसहित ११० र एक स्वतन्त्र सांसदको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् ।
सुदूरपश्चिममा नाउपाका ६ सांसद छन् । रेशम चौधरी पक्षका चार सांसदले लक्ष्मणकिशोरलाई मुख्यमन्त्री बनाउने निर्णय गरेका थिए । अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले भने कैलाशलाई अघि सारेका हुन् । उनका पक्षमा २ सांसद छन् ।
नउपाकै दुई सांसदले मुख्यमन्त्रीमा दाबी पेश गरेपछि प्रदेश प्रमुखले तत्काल निर्णय नलिने भएका छन् ।
उनले कानुनी परामर्श गर्ने र आवश्यक परे सांसदहरुलाई भौतिक रुपमा उपस्थित गराएर सनाखत गर्ने बताएका छन् ।
प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ ९२० अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गर्न आइतबार साँझ ५ बजेसम्मको समय दिएका थिए ।