• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

रकम अनियमितता छानबिन समिति गठनको माग गर्दै प्रतिनिधिसभा बैठक स्थगित


  •   बुधबार, चैत २८, २०८० मा प्रकाशित
  • काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठक सहकारीको रकम अनियमितताका विषयमा संसदीय छानबिन समिति गठनको माग गर्दै प्रतिपक्षी दलहरु नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरुले अवरोध गरेपछि स्थगन भएको छ ।

    Advertisement

    प्रतिपक्षी सांसदहरुले उक्त प्रकरणमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले राजीनामा दिनुपर्ने र संसदस्यीय छानबिन समिति गठन गर्नुपर्ने माग गरेर आ–आफ्नो स्थानबाट उठेपछि सभामुख देवराज घिमिरेले उठेका विषयमा सरकार र सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदै बैठक सञ्चालनमा सघाउन आग्रह गर्नुभएको थियो ।

    तर विपक्षी सांसद्ले बैठक चल्ने नदिने अडान लिएपछि सभामुख घिमिरेले आजका लागि निर्धारित कार्यसूची हटाइ बैठक स्थगन गर्नुभयो ।

    बैठकको प्रारम्भमै प्रतिपक्ष दलका सांसदहरुले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेका कारण सहकारीपीडितले न्याय पाउन नसकेको आरोप लगाउनुभयो भने सत्तापक्षका सांसदहरुले बिना आधार व्यक्तिकेन्द्रित भएर प्रहार नगर्न आह्वान गर्नुभयो ।

    कांग्रेसका सांसद रामहरि खतिवडाले गृहमन्त्री लामिछानेका कारण पोखराको सूर्यदर्शन सहकारीका पीडितलाई न्याय दिन र त्यसमाथि छानबिन गर्न बाधा उत्पन्न भएकोमा आशङ्का व्यक्त गर्नुभयो । “काठमाडौँबाट नेपाल प्रहरीको सिआइबीले पोखरामा छानबिनका लागि दुई जना अधिकृतलाई पठाइयो ।

    छानबिनले अहिलेका गृहमन्त्री सहकारी ठगीमा संलग्न भएको रिपोर्ट तयार गर्दै थियो समीकरण परिवर्तन भएपछि यो रिपोर्ट पनि परिवर्तन गर्न काममा लाग्यो भन्ने हामीलाई आभास भयो”, सांसद खतिवडाले भन्नुभयो, “जसको बारेमा छानबिन हुँदै थियो उहाँनै त्यसै संस्थामा गृहमन्त्री भएर आउनुभएपछि छानबिन प्रक्रिया रोकियो र सहकारीपीडित झन पीडित हुने अवस्थामा गए भन्ने आशङ्का उत्पन्न भयो ।” दोषीलाई उम्काउने काम सरकारबाट भएको भन्दै छानबिन समिति गठन गर्न माग गरेको उहाँको भनाइ थियो ।

    नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद सूर्यबहादुर थापा क्षेत्रीले सहकारीको बचतकर्ताको बचत अपचलनको विषय ठगीको विषय भएको भन्दै बचतकर्ता नठगिने स्थितिको सुनिश्चितता सरकारले गर्नुपर्ने माग गर्नुभयो । उहाँले सूर्यदर्शन सहकारीको विषय अदालतमा विचाराधीन भएका कारण सदनमा बहस नगर्नसमेत सुझाव दिनुभयो ।

    “सूर्यदर्शन सहकारीसम्बन्धी यो विषय कास्की जिल्ला अदालतमा विचाराधीन छ । संविधानबमोजिम सदनमा अदालतमा विधाराधीन विषय बहसको विषय हुँदैन भन्ने कुरा थाहा छ । तर यो विषय थाहा पाएर पनि उठाइरहेका छौँ”, उहाँले भन्नुभयो, “तर समस्यामा छलफल गरेर निष्कर्षमा पुग्नका लागि होइन । प्रतिपक्षको भूमिकामा हामीले यो विषय उठाएका थियौँ ।”

    सांसद माधवप्रसाद सापकोटाले संसद्को बहसलाई राजनीतिक दलका नेता एवं सांसदहरुलाई आपसमा विवाद र आरोप लगाउनमा समय खेर फाल्न नहुनेभन्दै सचेत गराउनुभयो । “आज हामी जे गरिरहेका छौँ । आगामी पुस्ताले सकारात्मक रुपमा मूल्याङ्कन गर्नसक्ने गरी संसद्भित्रको अभयास र नजिर स्थिापित गरिनुपर्छ”, उहाँले भन्नुभयो । उहाँले रचनात्मक र सिर्जनात्मक रुपमा सदनमा प्रस्तुत हुदै सदनलाई बहसको थलो बनाउनुपर्नेमा जोड दिनुभयो ।

    राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिस झाले सदनमा बिना आधार व्यक्ति केन्द्रित भएर प्रहार गर्न नहुने बताउनुभयो । “सदनको नियमावलीमा सदनमा कुनै व्यक्तिप्रति पटक–पटक निराधार लाञ्छना लाउन पाइदैन । कानुनले कुनै निर्णय दिइसकेको छैन सुरक्षा निकायले आफनो सूचना दिइसक्यो । देशको प्रधानमन्त्रीले सदनमा आफ्नो अभिव्यक्ति दिइसक्नुभयो”, उहाँले भन्नुभयो, “चौकीमा गएर कसैले दिएको उजुरी जुन दर्ता भएको छैन । त्यसको आधारमा पटक–पटक कुनै व्यक्तिप्रति गरिएको प्रहारप्रति हाम्रो आपत्ति छ ।” उहाँले आफूहरु सुशासनको प्रत्याभूतिको लागि प्रतिबद्ध रहेको बताउनुभयो ।

    राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्रबहादुर शाहीले गृहमन्त्री लामिछानेले निशेधाज्ञा जारी गर्नु अभिव्यक्तिको स्वतन्त्रतामा प्रहार गरेको आरोप लगाउनुभयो । उहाँले मङ्गलबार राप्रपाको प्रदर्शनीमा आफ्ना कार्यकर्तामाथि गृहमन्त्रालयबाट ज्यादति भएको समेत आरोप लगाउनुभयो । “हामी शान्तिपूर्ण आन्दोलनमा विश्वास राख्छौँ । तर हिजो भएको प्रदर्शनीमा हाम्रो १८ जना कार्यकर्तामाथि सुरक्षाकर्मीको प्रहारले अस्पताल भर्ना हुनुभएकोछ”, उहाँले भन्नुभयो ।

    प्रतिनिधिसभाको अर्को बैठक आगामी वैशाख २ गते आइतबार बिहान ११ बजे बस्नेछ ।

    बुधबार, चैत २८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.