काठमाडौँ । राष्ट्रियसभाको उपाध्यक्ष पदमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली काङ्ग्रेसको तर्फबाट छुट्टाछट्टै उम्मेदवारी दर्ता भएको छ ।
Advertisement
सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा एमालेका तर्फबाट बिमला घिमिरेले उम्मेदवारी दर्ता गराउनुभएको छ । घिमिरेको प्रस्तावकमा सांसद भगवती न्यौपाने र समर्थकमा सांसद गोपीबहादुर सार्की अछामी रहनुभएको छ ।
त्यस्तै, नेपाली काङ्ग्रेसको तर्फबाट विष्णुदेवी पुडासैनीले उम्मेदवारी दर्ता गराउनुभएको छ । पुडासैनीको प्रस्तावकमा सांसद दुर्गा गुरुङ र समर्थकमा सांसद नारायणदत्त भट्ट रहनुभएको छ । उपाध्यक्षको निर्वाचन चैत २८ गते बुधबार हुँदै छ । तत्कालीन उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिनुभएपछि निर्वाचन हुन लागेको हो ।