काठमाडौँ । रक्तिम सांस्कृतिक अभियानले “कम्युन संस्कृति” शीर्षकमा अडियोगीत सार्वजनिक गरेको छ ।
Advertisement
२०८० चैत २७ गते रक्तिम केन्द्रीय समितिको युट्युब च्यानलबाट सो गीत सार्वजनिक गरिएको हो ।
कम्युनिस्टहरूको दर्शन, विचार, सङ्गठन, कार्यशैली, संस्कृति विषय समेटिएको उक्त गीतको रचना रक्तिमकै अध्यक्ष गिरिप्रसाद बुढा र महासचिव हेमराज आश्रमले गर्नुभएको हो ।
अडियो एल्बममा हेमराज आश्रम, थुमराज ढुङ्गाना, सबिन अर्गेजा, मोहराज चालिसे, मञ्जु परियार, मेस्मा पुन, पियारी थापा र देवी शर्माले स्वर दिनुभएको छ ।
पाँच मिनट पाँच सेकेन्ड लामो उक्त एल्बममा सङ्गीत संयोजन पनि महासचिव आश्रमले नै गर्नुभएको छ ।