• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

रुसी सेनामा भर्ना भएका ३९ नेपालीको मृत्यु, २७२ सम्पर्कविहीन, परिवारले गुहारे गृहमन्त्री


  •   शुक्रबार, चैत २३, २०८० मा प्रकाशित
  • काठमाडौं । रुसी सेनामा भर्ना भएकामध्ये २९ जना नेपालीको मृत्यु भएको परिवारजनले बताएका छन् । ‘रुसी सेनामा आवद्ध नेपालीको जीवनरक्षार्थ अभियान’ले ६२० जनाको विवरण संकलन गरेको तथ्यांक पेश गर्दै सरकारसँग उनीहरुको जीवन रक्षाको माग गरेको छ ।

    Advertisement

    रुसी सेनामा भर्ना भएका नेपाली नागरिकका परिवारका सदस्यहरूले जीवन रक्षाका लागि शुक्रबार उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसमक्ष आग्रह गरेका छन्।

    युक्रेनसँगको युद्धका क्रममा रुसी सेनामा भर्ना भएका नेपालीको जीवनरक्षा र सकुशल फिर्ताको पहल गरिदिन अभियानले आग्रह गरेको हो।

    केही पीडित परिवारले लामिछानेलाई १३ बुँदे मागसहितको ध्यानाकर्षण–पत्र बुझाउँदै सकुशल उद्धा, मृतकका आश्रित परिवारलाई राहत, मृतक भनिएका तर पुष्टि नभएकोको अवस्था सार्वजनिक, वेपत्ताको खोजी, युक्रेनमा रहेका युद्धबन्दीको उद्धार र घाइतेको उपचारबारे सरकारलाई गम्भीर हुन आग्रह गरे।

    ‘रुसी सेनामा आवद्ध नेपालीको जीवनरक्षार्थ अभियान’को तर्फबाट कृतु भण्डारीले हालसम्म आफूहरुले ६२० जनाको विवरण संकलन गरेको जानकारी दिइन् । उनका अनुसार जसमध्ये ३९ जनाको मृत्यु भइसकेको छ। १८ जनाको मृत्यु भयो भनिएको तर पुष्टि हुन बाँकी छ। २७२ जना सम्पर्कविहीन छन् ।

    ५ जना युक्रेनको कब्जामा, ११७ जना घाइते र ९ जना करार रद्द गरेका व्यक्तिहरू सम्पर्कमा सो अभियानको सम्पर्कमा रहेको उनले बताइन् । १५ जना रुसी राहदानीका लागि आवेदन दिएका र १९ जना रुसी राहदानी नलिने कागजातमा हस्ताक्षर गरेका व्यक्तिहरु सम्पर्कमा रहेको उनले बताइन् ।

    ‘हामीसँग ह्वाट्सएप ग्रुपमा जोडिएका ४२० जना रुसी सेनामा आबद्ध नेपालीले प्रत्येक दिन युद्ध मैदानबाट त्यहाँको विवरण, वस्तुस्थिति, श्रव्यदृश्य सामग्री पठाउने गर्नुहुन्छ’ उनले भनिन्, ‘ती सामग्रीहरू देख्दा त्यहाँको अवस्था भयावह रहेको सहजै अनुमान लगाउन सकिन्छ।’

    जवाफमा गृहमन्त्री लामिछानेले रुसी सेनामा भर्ना भएकाहरुको परिवारको पीडा आफूले बुझेको भन्दै आवश्यक पहल गर्ने आश्वासन दिए।

    भण्डारी नेतृत्वको अभियानले गृहमन्त्रीसमक्ष १३ बुँदे ध्यानाकर्षण पत्र पेश गरेको छ ।

    यस्ता छन् ध्यानाकर्षण पत्रका १३ बुँदा
    १) रुसी सेनामा भर्ती भएका नेपालीको सकुशल उद्धार गरी नेपाल ल्याउने व्यवस्था।

    २) करार सम्झौता रद्द गरी उद्दारको पर्खाइमा रहेका व्यक्तिहरूलाई पुनः यद्ध मैदानमा लगिएकाले उनीहरूलाई तत्काल उद्धार गरी नेपाल ल्याउने व्यवस्था।

    ३) युद्धमा घाइते नेपालीको उचित उपचार, क्षतिपूर्ति र नेपाल ल्याउने व्यवस्था।

    ४) युक्रेनको कब्जामा रहेका ५ जना युद्धबन्दीको सकुशल उद्दार गरी नेपाल ल्याउने व्यवस्था।

    ५) मृतकको शव ल्याउने र क्षतिपूर्तिसहित रूसी सेनाबाट पाउने तलबभत्ता उपलब्ध गराउने व्यवस्था।

    ६) बेपत्ताको अवस्था खोजी गर्न विधि र प्रक्रिया घोषणा गरी तत्काल कार्यान्वयन तहमा ल्याउने व्यवस्था।

    ७) रुसी सेनामा कार्यरत नेपाली नागरिकको तथ्याङ्क सार्वजनिक गर्ने व्यवस्था।

    ८) प्रलोभनमा पारी रूस पठाउने बिचौलियाको पहिचान गरी तत्काल कारवाही गर्ने व्यवस्था।

    ९) नेपालीहरुको उद्धार नभइसकेको अवस्थामा रुस जाने श्रम स्वीकृति तत्काल खारेज गर्नुपर्ने व्यवस्था।

    १०) पीडितको उद्धार, राहत र पुनर्स्थापनाका लागि मन्त्रिस्तरीय समन्वय समिति गठन गर्नुपर्ने व्यवस्था।

    ११) विभिन्न माध्यमबाट रुस गएका सबै नेपालीको अवस्था पुष्टि गरी सूची सार्वजनिक गर्नुपर्ने व्यवस्था।

    १२) रुसी सेनाबाट फर्किएर आएका युवाको पुनर्स्थापना तथा पीडित परिवारको उचित हेरचाहको व्यवस्था।

    १३) कूटनीतिक सम्बन्ध भएका देशहरूमा नेपालले आफ्ना नागरिकलाई सैन्य सम्झौताबिना सैन्य सेवामा भर्ती नगर्न पहल गर्नुपर्ने व्यवस्था।

    शुक्रबार, चैत २३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.