काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले जनमत पार्टीकी सांसद गोमा लाभ सापकोटालाई पदमुक्त गर्न नमिल्ने बताएका छन्।
Advertisement
सिके राउत नेतृत्वको जनमत पार्टीले पदबाट हटाउन माग गर्दै गरेको पत्राचार त्रुटीपूर्ण रहेको सभामुखले बताएका हुन्।
जनमत पार्टीले सांसद सापकोटालाई स्पष्टीकरण सोधेर कारबाही स्वरूप पार्टीबाट निष्कासन गरेको व्यहोरा उल्लेख गर्दै गत फागुन २७ गते संघीय संसद सचिवालयमा पत्राचार गरेको थियो।
तर सभामुख घिमिरेले पत्रअनुसार उनलाई हटाउने निर्णय कार्यन्वयन हुन नसक्ने जवाफ दिएका हुन्। सापकोटाले दल त्याग गरेको नदेखिएको र दलबाट निष्कासन गरेको पनि नपाइएका सांसद पद कायम रहेको सभामुखको ठहर छ।
सभामुख घिमिरेले स्वीट्जरल्याण्ड जानुअघि चैत १२ गते नै जनमत पार्टीलाई संसद सचिवालय मार्फत् पत्र पठाएका थिए।