• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, कार्तिक १५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

हैदरावादमा मृत्यु भएकी जानकीको शव मूल प्रवाहले प्युठान पठायो

जनता मावि कालाकाटेमा शुभकामना आदानप्रदान

सुकुम्वासीमाथिको दमन नरोकिएको अप्फाको निष्कर्ष

भृकुटी सहकारीको साधारणसभा (फोटासहित)

चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

भुटानमा ४० हजार स्वयंसेवकद्वारा एकै दिन १०८ बौद्ध स्तूप निर्माण

इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्ने ट्रम्पको धम्की

कोलम्बियाली विद्रोही शिविरमा भेनेजुएलाको आक्रमण, नौ जनाको मृत्यु

बेनी-दरवाङ सडक सञ्चालन

लोकप्रिय समाचार

  • १. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • २. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ३. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ६. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ७. ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

  • ८. सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

  • ९. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

  • १०. मूल प्रवाहको पहलमा चार लाख रुपैयाँ प्रारम्भिक क्षतिपूर्ति

चैत २३ र २४ गते लुम्बिनीमा अन्तर्राष्ट्रिय शान्ति मेला


  •   शुक्रबार, चैत १६, २०८० मा प्रकाशित
  • काठमाडौं । विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनीको पर्यटन प्रवर्द्धनका लागि अन्तर्राष्ट्रिय शान्ति मेला ‘लुम्बिनी इन्टरनेशनल पिस फेस्टिबल’ आयोजना हुने भएको छ।

    Advertisement

    लुम्बिनीको संस्कृतिक र ऐतिहासिक पक्षलाई अन्तर्राष्ट्रियरूपमा प्रचार–प्रसार गर्ने उद्देश्यले यही चैत २३ र २४ गते गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा मेला आयोजना हुने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।

    नेपालस्थित चिनियाँ राजदूतावास, नेपाल पर्यटन बोर्ड, नेपाल ओलम्पिक कमिटी र लुम्बिनी विकास कोषले संयुक्तरूपमा मेलाको आयोजना गर्न लागिएको हो। मेलामा म्याराथन दौड, ध्यान र सांस्कृतिक कार्यक्रमसहित प्रथम लुम्बिनी अन्तर्राष्ट्रिय मेला आयोजना गर्न लागिको आयोजकले जनाएको छ।

    लुम्बिनीको महत्वबारे विश्वभर थप प्रचार–प्रसार गरी बढीभन्दा बढी विदेशी पर्यटक आकर्षण गर्ने उद्देश्यले मेला आयोजना गरिएको पूर्वपर्यटनमन्त्री एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले बताए। सम्मेलनले लुम्बिनीलाई विश्वको पर्यटन गन्तव्यको रूपमा विकास गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे।

    उनले भने, ‘पर्यटन प्रवर्द्धनसँगै बुद्धको महत्वलाई संसारभर फैलाएर बढी सङ्ख्यामा पर्यटक आकर्षण गर्न मद्दत पुग्ने विश्वास लिएका छौँ।’

    लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्यले लुम्बिनीको प्रवर्द्धन गरी विभिन्न मुलुबाट पर्यटक आकर्षण गर्न मेला फलदायी हुने विश्वास व्यक्त गरे।

    बोर्डका निमित्त कार्यकारी प्रमुख नन्दिनी लाहे थापाले मुलुकको पर्यटन पुरानै लयमा फर्किएको सन्दर्भमा लुम्बिनीमा आयोजना गरिने मेलाले नेपालको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बताए।

    पत्रकार सम्मेलनमा चिनियाँ राजदूतावासको काउन्सिलर वांग सिनले लुम्बिनीको थप ब्राण्डिङ, नेपालको पर्यटन प्रवर्द्धन र चीनलगायत विश्वका विभिन्न मुलुकसँग नेपालको मैत्रीपूर्ण आदानप्रदान बढाउन लुम्बिनीमा सांस्कृतिक र खेलकुदसम्बन्धी विभिन्न कार्यक्रम आयोजना गर्न लागिएको जानकारी दिए। सम्मेलनको माध्यमबाट दुई देशबीचको सांस्कृतिक र कूटनीतिक सम्बन्धलाई थप प्रगाढ तुल्याउने उहाँको विश्वास छ। काउन्सिलर सिनले चीन नेपालको विकास, पर्यटन प्रवर्द्धनका साथै नेपाली जनताको खुसीका लागि सधैँ साथमा रहेको विचार व्यक्त गरे।

    मेलाको पहिलो दिन बिहान शाक्यमुनि बुद्धको जन्मस्थल मायादेवी मन्दिर परिसरमा लुम्बिनी अन्तर्राष्ट्रिय ध्यान शिविर सञ्चालन हुनेछ। ध्यानका लागि करिब सय जना भिक्षु–भिक्षुणी र चार सय जना सर्वसाधारण गरी झण्डै पाँच सय जनाको सहभागिता रहने आयोजकको अपेक्षा छ।

    दोस्रो दिन बिहान लुम्बिनी अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिताको हुनेछ। प्रतियोगिताअन्तर्गत पुरुषतर्फ अन्तर्राष्ट्रिय मापदण्डअनुसारको ४२ किलोमिटर बढीको म्याराथन दौड हुनेछ भने महिलातर्फ २१ किलोमिटर दूरीको हाफ म्याराथन दौड गरिने छ। पाँच किलोमिटरको रोड रेस र तीन किलोमिटरको बाकाथन पनि प्रतियोगितामा समावेश गरिएको छ। कार्यक्रममा नेपाली र चिनियाँ कलाकारले विभिन्न सांस्कृतिक प्रस्तुति गर्नेछन्। रासस

    शुक्रबार, चैत १६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हैदरावादमा मृत्यु भएकी जानकीको शव मूल प्रवाहले प्युठान पठायो
    जनता मावि कालाकाटेमा शुभकामना आदानप्रदान
    सुकुम्वासीमाथिको दमन नरोकिएको अप्फाको निष्कर्ष
    भृकुटी सहकारीको साधारणसभा (फोटासहित)
    चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)
    भुटानमा ४० हजार स्वयंसेवकद्वारा एकै दिन १०८ बौद्ध स्तूप निर्माण

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • २.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ३.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ६.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    भर्खरै

    • १.
      हैदरावादमा मृत्यु भएकी जानकीको शव मूल प्रवाहले प्युठान पठायो

    • २.
      जनता मावि कालाकाटेमा शुभकामना आदानप्रदान

    • ३.
      सुकुम्वासीमाथिको दमन नरोकिएको अप्फाको निष्कर्ष

    • ४.
      भृकुटी सहकारीको साधारणसभा (फोटासहित)

    • ५.
      चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

    • ६.
      भुटानमा ४० हजार स्वयंसेवकद्वारा एकै दिन १०८ बौद्ध स्तूप निर्माण

    • ७.
      इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्ने ट्रम्पको धम्की

    • ८.
      कोलम्बियाली विद्रोही शिविरमा भेनेजुएलाको आक्रमण, नौ जनाको मृत्यु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.