• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, कार्तिक १५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

हैदरावादमा मृत्यु भएकी जानकीको शव मूल प्रवाहले प्युठान पठायो

जनता मावि कालाकाटेमा शुभकामना आदानप्रदान

सुकुम्वासीमाथिको दमन नरोकिएको अप्फाको निष्कर्ष

भृकुटी सहकारीको साधारणसभा (फोटासहित)

चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

भुटानमा ४० हजार स्वयंसेवकद्वारा एकै दिन १०८ बौद्ध स्तूप निर्माण

इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्ने ट्रम्पको धम्की

कोलम्बियाली विद्रोही शिविरमा भेनेजुएलाको आक्रमण, नौ जनाको मृत्यु

बेनी-दरवाङ सडक सञ्चालन

लोकप्रिय समाचार

  • १. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • २. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ३. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ६. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ७. ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

  • ८. सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

  • ९. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

  • १०. मूल प्रवाहको पहलमा चार लाख रुपैयाँ प्रारम्भिक क्षतिपूर्ति

पार्टीलाई जानकारी नदिई सुटुक्क मन्त्री बनेपछि…


  •   शुक्रबार, चैत १६, २०८० मा प्रकाशित
  • काठमाडौं । बागमती प्रदेशमा दुईजना सांसद रहेको हाम्रो नेपाली पार्टी (हानेपा) मा भाँडभैलो मच्चिएको छ । सो पार्टीका सांसद सांसद शैलेन्द्रमान बज्राचार्य पार्टीलाई जानकारी नै नदिई बागमती सरकारको मन्त्री बनेपछि भाँडभैलो मच्चिएको हो ।

    Advertisement

    हानेपाले सत्ता गठबन्धनले आफ्ना सांसदको राजनीतिक अपहरण गरेको आरोप लगाएको छ। शुक्रबार विहान हेटौंडामा पत्रकार सम्मेलन गरी हानेपाका अध्यक्ष अनन्तराज घिमिरेले प्रदेशका सत्ता साझेदार दलले उनको राजनीतिक अपहरण गरेर मन्त्री बनाएको आरोप लगाए ।

    ‘पार्टीमा छलफल हुँदै गर्दा राजनीतिक अपहरण शैलीमा सरकारमा सहभागी गराइयो। बिहान ११ बजेदेखि उहाँ (शैलेन्द्रमान) हाम्रो सम्पर्कमा रहनुभएन’, अध्यक्ष घिमिरेले भने, ‘११ बजे अपहरणमा पर्नुभयो। साँझ सिधै मन्त्रीको शपथ ग्रहण गरेको समाचार आयो। राजनीतिक अपहरण गरेर मन्त्री बनाउँदैमा सरकारलाई विश्वासको मत दिइँदैन।’

    यही चैत ३ र ४ गते बसेको पार्टीको केन्द्रीय समितिको बैठकले गरेको निर्णयविपरीत सांसद बज्राचार्य सररकारमा सहभागी भएको उल्लेख गर्दै अध्यक्ष घिमिरेले सरकारलाई विश्वासको मत दिए उनलाई पार्टीले कारबाही गर्ने चेतावनी दिएका छन्। बज्राचार्यले राजनीतिक बेइमानी गरेको आरोप उनले लगाए।

    यता, प्रदेशको संस्कृति पर्यटन तथा सहकारी मन्त्रीमा नियुक्त बज्राचार्य भने कसैले अपहरण नगरेको बताउँछन्।

    पत्रकार सम्मेलनमा हानेपाका अध्यक्ष घिमिरेलगायत नेताहरू

    बागमती प्रदेश सभामा हानेपासँग दुई सिट छ। गत ४ मंसिर २०७९ को आम निर्वाचनमा काठमाडौँको प्रदेश सभा क्षेत्र नम्बर ८(१) मा शैलेन्द्रमान बज्राचार्य निर्वाचित भएका हुन् भने काठमाडौँकै सरिता खड्गी समानुपातिक सांसद निर्वाचित भएकी हुन्।

    समानुपातिक सांसद खड्गी भने पार्टीकै निर्णयमा अडिग रहेको हानेपाले जनाएको छ ।

    माओवादी केन्द्रका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकारको संकट टार्न बज्राचार्यलाई मन्त्री बनाएका हुन् ।

    ११० सदस्यीय बागमती प्रदेश सभामा सरकार गठनका लागि बहुमत पुर्‍याउन ५६ सांसदको साथ चाहिन्छ।

    केन्द्रीय सत्ता गठबन्धनमा रहेका दलमध्ये बागमती प्रदेश सभामा नेकपा माओवादी केन्द्र, नेकपा एमाले र नेकपा एकीकृत समाजवादी मात्रैका सांसदले बहुमत पुग्दैनथ्यो।

    हानेपाले साथ दिए गठबन्धन नेतृत्वको सरकार ढल्दैन ।

    बागमतीमा एमालेका २७, माओवादीका २१, एकीकृत समाजवादीका ७ जना सांसद छन् भने हानेपाका २ सांसदले साथ दिए सरकारका पक्षमा ५७ सांसद पुग्छन् ।

    शुक्रबार, चैत १६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हैदरावादमा मृत्यु भएकी जानकीको शव मूल प्रवाहले प्युठान पठायो
    जनता मावि कालाकाटेमा शुभकामना आदानप्रदान
    सुकुम्वासीमाथिको दमन नरोकिएको अप्फाको निष्कर्ष
    भृकुटी सहकारीको साधारणसभा (फोटासहित)
    चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)
    भुटानमा ४० हजार स्वयंसेवकद्वारा एकै दिन १०८ बौद्ध स्तूप निर्माण

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • २.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ३.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ६.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    भर्खरै

    • १.
      हैदरावादमा मृत्यु भएकी जानकीको शव मूल प्रवाहले प्युठान पठायो

    • २.
      जनता मावि कालाकाटेमा शुभकामना आदानप्रदान

    • ३.
      सुकुम्वासीमाथिको दमन नरोकिएको अप्फाको निष्कर्ष

    • ४.
      भृकुटी सहकारीको साधारणसभा (फोटासहित)

    • ५.
      चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

    • ६.
      भुटानमा ४० हजार स्वयंसेवकद्वारा एकै दिन १०८ बौद्ध स्तूप निर्माण

    • ७.
      इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्ने ट्रम्पको धम्की

    • ८.
      कोलम्बियाली विद्रोही शिविरमा भेनेजुएलाको आक्रमण, नौ जनाको मृत्यु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.