• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

राजकोटमा मूल प्रवाहको नगर समिति गठन

प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

पार्टीलाई जानकारी नदिई सुटुक्क मन्त्री बनेपछि…


  •   शुक्रबार, चैत १६, २०८० मा प्रकाशित
  • काठमाडौं । बागमती प्रदेशमा दुईजना सांसद रहेको हाम्रो नेपाली पार्टी (हानेपा) मा भाँडभैलो मच्चिएको छ । सो पार्टीका सांसद सांसद शैलेन्द्रमान बज्राचार्य पार्टीलाई जानकारी नै नदिई बागमती सरकारको मन्त्री बनेपछि भाँडभैलो मच्चिएको हो ।

    Advertisement

    हानेपाले सत्ता गठबन्धनले आफ्ना सांसदको राजनीतिक अपहरण गरेको आरोप लगाएको छ। शुक्रबार विहान हेटौंडामा पत्रकार सम्मेलन गरी हानेपाका अध्यक्ष अनन्तराज घिमिरेले प्रदेशका सत्ता साझेदार दलले उनको राजनीतिक अपहरण गरेर मन्त्री बनाएको आरोप लगाए ।

    ‘पार्टीमा छलफल हुँदै गर्दा राजनीतिक अपहरण शैलीमा सरकारमा सहभागी गराइयो। बिहान ११ बजेदेखि उहाँ (शैलेन्द्रमान) हाम्रो सम्पर्कमा रहनुभएन’, अध्यक्ष घिमिरेले भने, ‘११ बजे अपहरणमा पर्नुभयो। साँझ सिधै मन्त्रीको शपथ ग्रहण गरेको समाचार आयो। राजनीतिक अपहरण गरेर मन्त्री बनाउँदैमा सरकारलाई विश्वासको मत दिइँदैन।’

    यही चैत ३ र ४ गते बसेको पार्टीको केन्द्रीय समितिको बैठकले गरेको निर्णयविपरीत सांसद बज्राचार्य सररकारमा सहभागी भएको उल्लेख गर्दै अध्यक्ष घिमिरेले सरकारलाई विश्वासको मत दिए उनलाई पार्टीले कारबाही गर्ने चेतावनी दिएका छन्। बज्राचार्यले राजनीतिक बेइमानी गरेको आरोप उनले लगाए।

    यता, प्रदेशको संस्कृति पर्यटन तथा सहकारी मन्त्रीमा नियुक्त बज्राचार्य भने कसैले अपहरण नगरेको बताउँछन्।

    पत्रकार सम्मेलनमा हानेपाका अध्यक्ष घिमिरेलगायत नेताहरू

    बागमती प्रदेश सभामा हानेपासँग दुई सिट छ। गत ४ मंसिर २०७९ को आम निर्वाचनमा काठमाडौँको प्रदेश सभा क्षेत्र नम्बर ८(१) मा शैलेन्द्रमान बज्राचार्य निर्वाचित भएका हुन् भने काठमाडौँकै सरिता खड्गी समानुपातिक सांसद निर्वाचित भएकी हुन्।

    समानुपातिक सांसद खड्गी भने पार्टीकै निर्णयमा अडिग रहेको हानेपाले जनाएको छ ।

    माओवादी केन्द्रका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकारको संकट टार्न बज्राचार्यलाई मन्त्री बनाएका हुन् ।

    ११० सदस्यीय बागमती प्रदेश सभामा सरकार गठनका लागि बहुमत पुर्‍याउन ५६ सांसदको साथ चाहिन्छ।

    केन्द्रीय सत्ता गठबन्धनमा रहेका दलमध्ये बागमती प्रदेश सभामा नेकपा माओवादी केन्द्र, नेकपा एमाले र नेकपा एकीकृत समाजवादी मात्रैका सांसदले बहुमत पुग्दैनथ्यो।

    हानेपाले साथ दिए गठबन्धन नेतृत्वको सरकार ढल्दैन ।

    बागमतीमा एमालेका २७, माओवादीका २१, एकीकृत समाजवादीका ७ जना सांसद छन् भने हानेपाका २ सांसदले साथ दिए सरकारका पक्षमा ५७ सांसद पुग्छन् ।

    शुक्रबार, चैत १६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति
    सुरतमा २५ सदस्यीय महिला विभाग गठन
    जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु
    राजकोटमा मूल प्रवाहको नगर समिति गठन
    प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • २.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ३.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ४.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    • ५.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ६.
      राजकोटमा मूल प्रवाहको नगर समिति गठन

    • ७.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ८.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.