• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

सेना र स्वास्थ्य विभागले थाले स्वास्थ्य सामग्री खरिद


  •   आइतबार, चैत ३०, २०७६ मा प्रकाशित
  • काठमाडौं । कोभिड–१९ को नियन्त्रण तथा रोकथामका लागि नेपाली सेना र स्वास्थ्य सेवा विभागले समानान्तर रुपमा नै स्वास्थ्य सामग्री खरीदका लागि आवश्यक प्रक्रिया अगाडि बढाइसकेको छ ।

    Advertisement

    विशेष गरी सरकारी (जि–टु–जी) अवधारणामा नै नेपाली सेनाले स्वास्थ्य सामग्री खरीद गर्न लागेको छ । त्यसका लागि आवश्यक प्रक्रियासमेत धेरै अगाडि बढीसकेको छ । नेपाली सेनाको छाउनीस्थित रेञ्जर गणमा आज आयोजित पत्रकार सम्मेलनमा सेनाले जि–टु–जीमार्फत स्वास्थ्य सामग्री खरीदका लागि आवश्यक प्रक्रिया शुरु गरेको र परराष्ट्र मन्त्रालयमा पत्राचारसमेत भएको र भिडियो कन्फरेन्समार्फत सामान आपूर्ति गर्न इच्छुक विभिन्न देशका कम्पनीको जिज्ञासासमेत समाधान गरिएको छ ।

    उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोरखेल, स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललगायतको उपस्थितीमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले दिनुभएको जानकारी अनुसार मन्त्रिपरिषद्को निर्णयअनुसार कोभिड–१९ रोकथामका लागि आवश्यक पर्ने अत्यावश्यक सामग्री खरीदका लागि सेनाले जि–टु–जी र स्वास्थ्य सेवा विभागले बोलपत्रको प्रक्रिया अगाडि बढेको छ ।

    सामान दिन इच्छकु विभिन्न कम्पनीसँग परराष्ट्र मन्त्रालयले भिडियो कन्फरेन्स समेत गरिसकेको र विभिन्न पाँच देशले त्यसमा सहभागिता जनाएकोछ । विशेषगरी छिमेकी देश चीन र भारततका अलावा सिंगापुर, इजरायलले समेत चासो राखेका छन् । भारत र चीनले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि आवश्यक औषधि र स्वास्थ्य उपकरण उपलब्ध गराउन सकिने लिखित जवाफ यसअघि नै पठाइसकेको छ ।

    भारतले विभिन्न ६० प्रकारका औषधि र चीनले स्वास्थ्य सामग्री र औषधी दुवै दिन सकिने बताएको छ । पत्रकार सम्मेलनमा भने व्यक्तिगत सुरक्षा सामग्री, औषधीलगायत अत्यावश्यक सामग्री ल्याउन लागिएको जानकारी दिइयो । ‘एउटै देशले सबै सामग्री दिन पनि नसक्ने अवस्था हुन सक्छ, सो आधारमा एउटा देशबाट एक खालको सामग्री र अर्को देशबाट अर्को खालको सामग्री ल्याउने गरी तयारी भइरहेको छ’, स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा देवकोटाले भन्नुभयो, ‘हामीलाई आवश्यक पर्ने सबै प्रकारका सामग्री सरकारी स्तरबाट र बोलपत्रको प्रक्रियामार्फत ल्याउने तयारी गरिएको छ ।’

    सरकारको आग्रह अनुसार केही स्वास्थ्य सामग्री उपलब्ध गराउने गरी दक्षिण कोरियाले समेत केही कम्पनीको नाम दिइएको बताइएको छ । यही चैत १६ गतेको मन्त्रिपरिषद् बैठकमार्फत स्वास्थ्य सामग्री खरिद गर्ने जिम्मा नेपाली सेनालाई दिने निर्णय सरकारले गरेको थियो । सरकारको सो निर्णय लगत्तै सेनाले सरकार– सरकार प्रक्रियाबाट अत्यावश्यक स्वास्थ्य सामग्री खरीद गर्न भारत, चीन, दक्षिण कोरिया, इजरायल र सिंगापुरलाई पत्राचार गरेको थियो ।

    कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य सामग्री ल्याउँदा एक निजी संस्थाले बदमासी गरेपछि सरकार सेनालाई दिने निष्कर्षमा पुगेको थियो । सरकारको निर्णय बमोजिम तत्काल आवश्यक पर्ने औषधि र स्वास्थ्य सामग्रीको सूची तय गरेको छ । त्यसमा प्रमुख रुपमा अत्यावश्यक ठानिएका औषधी तथा अन्य स्वास्थ्य सामग्री गरी झण्डै ४० समूहमा विभाजन गरिएको छ । स्वास्थ्य सेवा विभागले अगाडि बढाएको बोलपत्र प्रक्रियासमेत निक्कै अगाडि बढेको छ । बोलपत्र खुल्ने बित्तिकै ती सामग्री आइपुग्नेछन् ।

    यस्तै स्वास्थ्यकर्मीको परिचालन गर्न आवश्यक नेपाली सेनाको हवाई साधन उपलब्ध गराएको छ भने आवश्यकताअनुसार गैर सैनिक हवाई तथा अन्य साधान परिचालनको लागि समन्वय तथा आवश्यक व्यवस्था मिलाइएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । सिसिएमसीमा उपप्रधान एवम् रक्षा मन्त्री पोखरेलको संयोजकत्वको एक समिति, सहजीकरणका लागि मुख्य सचिव संयोजकत्वको अर्को समिति र सिसिएमसी सञ्चालनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव संयोजक रहने गरी तीन समिति छन् ।

    सिसिएमसीलाई प्रभावकारी रुपमा कार्य स्म्पादन गर्न विभिन्न चार कार्य समूह बनाइएको छ । त्यसमा स्वास्थ्य सेवा तथा उपचार, आपूर्ति तथा अत्यावश्यक सेवा, शान्ति सुरक्षा र सूचना तथा प्रविधि कार्य समूह रहेका छन् । केन्द्रले संघीय, प्रादेशिक र स्थानीय तहसम्म निजामति, सुरक्षा निकाय र सबै सरोकारवालासँग एकीकृत रुपमा सहकार्य गरी कोरोान भाइरसविरुद्ध सबै प्रकारका प्रतिकार्य सञ्चालन गर्दै आएको छ ।

    आइतबार, चैत ३०, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • २.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ३.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ४.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ५.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ६.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ७.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ८.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.