काठमाडौँ । मधेश प्रदेसको मन्त्रिपरिषद् विस्तार भएको छ। शनिबार मुख्यमन्त्री सरोजकुमार यादवले एमालेका तीन मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका हुन्।
Advertisement
एमालेका दुई सांसदहरू राजकुमार लेखी र शत्रुधन सिंह तथा स्वतन्त्र सांसद प्रमोद जयसवाल मन्त्री बनेका हुन्।
लेखी गृह, सञचार तथा कानुन मन्त्री, सिंह स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिइएको छ।
स्वतन्त्रबाट एमाले प्रवेश गरेका प्रमोद जयसवाल शिक्षा तथा संस्कृतिमन्त्री बनेका छन्।
एमालेकै केशव राय स्वास्थ्य राज्यमन्त्री नियुक्त भएका छन्।
नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख सुमित्रा सुवेदीले सपथ गराइन्।
त्यस्तै, स्वास्थ्य राज्यमन्त्री रायलाई मुख्यमन्त्री सरोजकुार यादवले सपथ ग्रहण गराएका छन्।