• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

कालीगण्डकीको गिटीबालुवामा बिचौलियाको मनपरी रोक्न अध्यक्ष केसीको माग


  •   सोमबार, चैत ०५, २०८० मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा प्रतिनिधि सभाका सांसद चित्रबहादुर केसीले कालीगण्डकी नदीको गिटीबालुवामा बिचौलियाको मनपरी रोक्न माग गर्नुभएको छ ।

    Advertisement

    २०८० चैत ५ गते सोमबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै उहाँले यस विषयमा सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

    उहाँले बागलुङको बागलुङ नगरपालिका, म्याग्दीको बेनी नगरपालिका र पर्वतको कुश्मा नगरपालिकाको सङ्गमस्थल कालीगण्डकी नदीमा नदीजन्य पदार्थ निकाल्न सर्वोच्च अदालतले रोक लगाएको तर बिचौलियाले त्यसमा मनपरी गरेको बताउनुभयो ।

    उहाँको भनाइ थियो– गिटीबालुवा निकाल्नै मिल्छ भने नगरपालिकालाई निकाल्न दिइयोस् अन्यथा बिचौलियालाई मनपरी गर्न दिनु हुँदैन ।
    यस्तो छ, अध्यक्ष केसीको भनाइ :

    “बागलुङको बागलुङ नगरपालिका, म्याग्दीको बेनी नगरपालिका र पर्वतको कुश्मा नगरपालिका—यी सबै कालिगण्डकी नदीसँग जोडिएका नगरपालिका हुन् ।

    आजभन्दा तीन वर्षपहिले सर्वाेच्च अदालतले कालीगण्डकीको गिटीबालुवा नझिक्नू भनेर फैसला गरेको थियो अगौत गिटीबालुवा झिक्न रोक लगाएको थियो । तर अहिले रातारात कालीगण्डकीको ढुङ्गा, बालुवा, गिटी ठग, विचौलियाहरूले लगातार उत्खनन् गरिरहेका छन् । एकातिर, नगरपालिकाको गिटी, बालुवा बेचेर करोडौँ नगरपालिकाले गर्ने आम्दानी रोकिएको छ भने अर्कातिर, बिचौलियाहरूले एस्काभेटर लगाएर गिटीबालुवा रातारात बेचिरहेका छन् । त्यहाँका नगरपालिकाले यी सबै हेरिरहेको छ । नगरपालिकाले गिटी, बालुवा झिक्दा सर्वाेच्चले नझिक्नू भनेर फैसला दिने तर बिचौलियाले भने गिटीबालुवा बेचिरहने भइरहेको छ ।

    यो देश कसले चलाउँछ ? कतिओटा सरकार छन् ? कसको हुकुम कसले पालना गर्नुपर्ने हो ? सुरक्षा निकायले टुलुटुलु हेरेर बसिरहेको छ । रातासात स्काभेटरबाट कालीगण्डकी खाली पारेका छन् । त्यो नगरपालिकाले त्यसको आम्दानी पाउनुपर्नेमा उसले छुन नपाउने तर बिचौलियाले जुन मनपरी गरिरहेका छन्, त्यो सम्माननीय सभामुखज्यूमार्फत् नेपाल सरकारको मैलै ध्यानाकर्षण गराउन चाहान्छु ।

    यस विषयमा तुरुन्तै ध्यान दिइनुपर्दछ । गिटीबालुवा झिक्ने नै हो भने सम्बन्धित नगरपालिकाले आम्रद्यानी गर्न पाउनुपर्दछ । नगरपालिकाले आम्दानी राख्यो भने त्यो करोडौँ रुपियाँबाट त्यहाँका शिक्षा, स्वास्थ्य, रोजगारीमा खर्च हुन्थ्यो तर यसमा बिचौलियाहरूले मनपरी गरिरहेका छन् । यसमा रोक लगाउनुपर्दछ ।”

    सोमबार, चैत ०५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.