• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

गठबन्धन विरुद्ध बोलेपछि राजमो अध्यक्ष केसीको गाडी फिर्ता लगियो


  •   आइतबार, चैत ०४, २०८० मा प्रकाशित
  • काठमाडौँ । सत्ता गठबन्धनको विरुद्ध आवाज उठाएपछि राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा प्रतिनिधि सभा सांसद चित्रबहादुर केसीको गाडीसुविधा फिर्ता लगिएको छ ।

    Advertisement

    २०८० चैत ४ गते आइतबार उहाँको गाडी फिर्ता लगिएको हो ।

    अध्यक्ष केसीका अनुसार करिब छ महिनाअघि उहाँलाई संसद् आउनजानका लागि गाडी दिइएको थियो ।

    ‘मलाई गाडी दिएपछि केसीले तिमीहरूका नराम्रा कामको विरोध गर्ने छैन भन्ने सोचेका हौला भनेर मैले उति बेलै भनेको थिएँ’ करिब छ महिनाअघिको घटना स्मरण गरी प्रधानमन्त्री दाहाललाई उद्धृत गर्दै अध्यक्ष केसीले युगदर्शनसित भन्नुभयो– ‘त्यति बेला प्रचण्डले भनेका थिए, मैले तपाईंलाई चिनेको छै्रन ? सिङ्गै नेपाल दिए पनि तपाईंले आफ्ना कुरा भन्न छोड्नुहुन्न ।’

    प्रतिगमन विरोधी गठबन्धनको बैठकमा उक्त विषय उठेको केसीले जानकारी दिनुभयो । उहाँका अनुसार सो बेलामा गठबन्धनका अन्य शीर्ष नेताहरूको समेत उपस्थिति रहेको थियो ।

    अध्यक्ष केसीले आफूले सरकारी सुविधा कहिलेकाहिँ मात्रै प्रयोग गरेको र यसपालि पनि गाडी सुविधा आफूले नमागेको प्रष्ट पार्नुभयो ।

    ‘एकपटक लेखा समितिको सभापति हुँदा र उपप्रधानमन्त्री छँदा मैले गाडीसुविधा प्रयोग गरेको थिएँ’ उहाँले भन्नुभयो–‘२०७९ मङ्सिर ४ गतेको चुनावपछि संसद्को मस्यौदा नियमावली बनाउने संसद्कै ज्येष्ठ सांसद भएकाले मलाई गाडी दिइएको थियो तर मैलै कहिल्यै गाडीसुविधाको माग गरेको थिएनँ ।’

    केसीले केही विस्तारमा भन्नुभयो– ‘मस्यौदा संसद् नियमावली संसदीय समितिबाट पारित भएपछि मैले गाडी फर्काउन खोजेको थिएँ । समितिकै सांसदहरूले यहाँबाट मात्रै होइन, संसद्बाट पनि यो नियमावली पारित हुनुपर्‍यो । त्यसपछि गाडी बुझाउनुहोला भने । त्यसरी आजसम्म मलाई दिइएको गाडीसुविधा यथावत् थियो ।’

    अध्यक्ष केसीले आफूले अल्पसमयका लागि पाएको गाडीको दुरुपयोग नगरेको दाबी गर्नुभयो ।

    ‘मैले मुख्यत: संसद् जानआउनका लागि मात्रै उक्त गाडी प्रयोग गरेको थिएँ’ उहाँले भन्नुभयो– ‘मलाई मिडियाले बोलाइरहन्छन् । त्यति बेला पनि मैले कहिल्यै उक्त गाडीसुविधा प्रयोग गरिनँ ।’

    युगदर्शनले अध्यक्ष केसीसँग पुछ्रे प्रश्न गर्‍यो– तपाईंको गाडीसुविधा किन खोसियो होला भन्ने लाग्छ ?

    उहाँको जवाफ थियो– ‘गाडीसुविधा दिएपछि सत्ता गठबन्धनका कर्तुतबारे म बोल्दिनँ कि भनेर उनीहरूले सोचेका होलान् तर मैले त्यसो गरिनँ । खासगरी फागुन ३० गते र त्यसपछि मैले संसद्मा जोडदार कुरा राखेपछि उनीहरूले मेरो गाडीसुविधा फिर्ता लिए ।’

    के भन्नु भएको थियो अध्यक्ष केसीले संसदमा

    उधारो माछा बेच्नेकाे कथा सुनाउँदै केसीको व्यंग्य : प्रधानमन्त्रीमा के देखेर ९९ प्रतिशतले समर्थन गर्नुभयो (भिडिओ) ?

    राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्रीलाई विश्वासको मत दिन्न, विपक्षमा भोट हाल्छ : केसी

    आइतबार, चैत ०४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.