काठमाडौं । नेपाल पत्रकार महासंघले महासंघका सुनसरी शाखा सदस्य तथा शिलापत्र डटकमका संवाददाता कृष्ण बहाव भट्टराईमाथि इटहरी उपमहानगरपालिका नगर प्रहरीले दुर्व्यवहार गरेको भन्दै आपत्ति प्रकट गरेको छ।
Advertisement
यही चैत १ गते इटहरी उपमहानगरपालिका कार्यालय अगाडि धर्नामा बसेका सिटी सवारी चालकको आन्दोलनको समाचार संकलन गर्ने क्रममा पत्रकार भट्टराईलाई नगर प्रहरीले धक्का लगाउँदै मोबाइल खोस्नुका साथै दुर्व्यवहार गरेको नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिले जनाएको छ।
‘पत्रकार रहेको जानकारी हुँदाहुँदै नगरप्रहरीबाट भएको यस घटनाको महासंघ विरोध गर्दै व्यवसायिक पत्रकारिताको सम्मान गर्न आग्रह गर्दछ’ महासंघका महासचिव रोसन पुरीले विज्ञप्ति जारी गरी भनेका छन्, ‘साथै, महासंघ घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्न सम्बन्धित पक्षसँग माग गर्दछ।’