काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) सांसद मञ्जु अन्सारीको निधन भएको छ ।
Advertisement
६० वर्षीया अन्सारीको हृदयाघातका कारण निधन भएको पारिवारिक श्रोतले जनाएको छ।
सप्तरी जिल्ला निवासी उनी जसपाबाट निर्वाचित समानुपाति सांसद हुन्। उनी २०७९ साल चैत १९ गते प्रतिनिधि सभा सदस्य बनेकी थिइन्।
जसपा सांसद शहनाज रहमानको २०७९ फागुन १३ गते निधन भएपछि रिक्त रहेको स्थानमा अन्सारी सांसद भएकी थिइन्।