• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, कार्तिक १५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

हैदरावादमा मृत्यु भएकी जानकीको शव मूल प्रवाहले प्युठान पठायो

जनता मावि कालाकाटेमा शुभकामना आदानप्रदान

सुकुम्वासीमाथिको दमन नरोकिएको अप्फाको निष्कर्ष

भृकुटी सहकारीको साधारणसभा (फोटासहित)

चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

भुटानमा ४० हजार स्वयंसेवकद्वारा एकै दिन १०८ बौद्ध स्तूप निर्माण

इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्ने ट्रम्पको धम्की

कोलम्बियाली विद्रोही शिविरमा भेनेजुएलाको आक्रमण, नौ जनाको मृत्यु

बेनी-दरवाङ सडक सञ्चालन

लोकप्रिय समाचार

  • १. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • २. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ३. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ६. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ७. ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

  • ८. सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

  • ९. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

  • १०. मूल प्रवाहको पहलमा चार लाख रुपैयाँ प्रारम्भिक क्षतिपूर्ति

नागरिक उन्मुक्तिमा रेशम-रञ्जिता विवाद चर्कियो, रञ्जिताको निर्देशन सांसदले मानेनन्


  •   मङ्गलबार, फागुन २९, २०८० मा प्रकाशित
  • काठमाडौं । नागरिक उन्मुक्ति पार्टीमा नेता रेशम चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठबीच विवाद बढेको छ । पति पत्नीसमेत रहेका रेशम र रञ्जिताबीच वर्तमान सत्तागठबन्धनमा सामेल हुने कि विपक्षी कांग्रेसलाई साथ दिने भन्ने विषयले रडाको मच्चिएको हो ।

    Advertisement

    निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टीको अध्यक्षको मान्यता नदिएका रेशम चौधरीले कांग्रेसलाई साथ दिएर सुदूरपश्चिम सरकारमा आफ्ना सांसदलाई मन्त्री बनाएका छन् भने अध्यक्ष रञ्जिताले माओवादी–एमालेको सत्तागठबन्धनलाई साथ दिएकी छन् ।

    यही कारण अध्यक्ष रञ्जिताको निर्देशन सुदूरपश्चिम प्रदेश सांसदहरूले उल्लंघन गरेका छन् ।

    रञ्जिताले सुदूरपश्चिम प्रदेश सांसदलाई सरकारबाट फिर्ता हुन निर्देशन दिएपनि रेशमको आड पाएर उनीहरु सरकारमा मन्त्री बनेका छन् । सात जना सांसद रहेको नाउपाका पाँचजना सांसद प्रदेश सरकारमा सहभागी छन् ।

    निर्वाचन आयोगले अध्यक्षमा पुनःस्थापित गरिदिएपछि रेशम पत्नी रञ्जिताले संसदीय दललाई मन्त्री फिर्ता गराउन र सरकारलाई दिएको समर्थन फिर्ता गराउन निर्देशन दिएकी थिइन् ।

    तर उनको निर्देशनको अवज्ञा गर्दै रेशमले रञ्जितानिकट मानिने लक्ष्मणकिशोर चौधरीलाई आफ्नो पक्षमा पार्दै सोमबार मात्रै सुदूरपश्चिम प्रदेश सरकारमा नाउपाबाट बिना विभागीय मन्त्री बनाएर पठाए ।

    यो सँगै सुदूरपश्चिम प्रदेश सभामा रहेका नागरिक उन्मुक्तिका ७ मध्ये ६ सांसदले मन्त्री बन्ने अवसर पाएका छन्। जसमध्ये ५ सांसदले त एकैपटक मन्त्री पाएका छन्।

    नागरिक उन्मुक्तिबाट रेशमको साथ पाएका मुख्यमन्त्री कमल बहादुर शाह सरकार जोगाउन राप्रपा र स्वतन्त्र सांसद फकाउँदै छन्।

    यता, प्रतिनिधि सभा संसदीय दलको नेतासमेत रहेकी पार्टी अध्यक्ष रञ्जिताले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन निर्देशन जारी गरेकी छन् । नयाँ सत्ता समीकरण बनेपछि प्रधानमन्त्री दाहाल फागुन ३० मा प्रतिनिधि सभाबाट विश्वासको मत लिंँदैछन् ।

    श्रेष्ठले ४ जना सांसदलाई अनिवार्य उपस्थिति हुन र प्रधानमन्त्री दाहालको पक्षमा मतदान गर्न निर्देशन दिएकी हुन् ।

    ‘प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन्छौँ। सबै सांसदलाई अनिवार्य उपस्थित भएर विश्वासको मत दिन निर्देशन जारी गरेका छौँ’, रञ्जिता जारी गरेको ह्वीपमा लेखेकी छन् ।

    रेशमको पकड रहेको नागरिक उन्मुक्तिमा प्रतिनिधि सभाका सांसदले सुदूरपश्चिममा जस्तै केन्द्रमा पनि रञ्जिताको निर्देशन उल्लंघन गर्छन् वा पालना गरेर प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन्छन् त्यो भने हेर्न बाँकी छ ।

    मङ्गलबार, फागुन २९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हैदरावादमा मृत्यु भएकी जानकीको शव मूल प्रवाहले प्युठान पठायो
    जनता मावि कालाकाटेमा शुभकामना आदानप्रदान
    सुकुम्वासीमाथिको दमन नरोकिएको अप्फाको निष्कर्ष
    भृकुटी सहकारीको साधारणसभा (फोटासहित)
    चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)
    भुटानमा ४० हजार स्वयंसेवकद्वारा एकै दिन १०८ बौद्ध स्तूप निर्माण

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • २.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ३.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ६.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    भर्खरै

    • १.
      हैदरावादमा मृत्यु भएकी जानकीको शव मूल प्रवाहले प्युठान पठायो

    • २.
      जनता मावि कालाकाटेमा शुभकामना आदानप्रदान

    • ३.
      सुकुम्वासीमाथिको दमन नरोकिएको अप्फाको निष्कर्ष

    • ४.
      भृकुटी सहकारीको साधारणसभा (फोटासहित)

    • ५.
      चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

    • ६.
      भुटानमा ४० हजार स्वयंसेवकद्वारा एकै दिन १०८ बौद्ध स्तूप निर्माण

    • ७.
      इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्ने ट्रम्पको धम्की

    • ८.
      कोलम्बियाली विद्रोही शिविरमा भेनेजुएलाको आक्रमण, नौ जनाको मृत्यु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.