काठमाडौं । सर्लाहीमा साइकल यात्रीलाई बसले ठक्कर दिएपछि आक्रोशित स्थानीयले बसमा आगो लगाएका छन्।
Advertisement
नवलपुरबाट मलंगवातर्फ जाँदै गरेको ग२ख १४४० नम्बरको बसले सोमबार बिहान कविलासी नगरपालिका–१० सलेमपुरमा स्थानीय ५० वर्षीय जुगल महतोलाई ठक्कर दिएपछि स्थानीयले आगो लगाएका हुन्।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी दयानिधि दाहालका अनुसार खबर पाउनासाथ पुगेको प्रहरीले आगो निभाएकाले बस पूर्णरुपमा जल्न पाएको छैन । ठक्कर दिने बसलाई ट्याक्टरको सहायताबाट सडकबाट हटाइएको छ ।
बसको ठक्करबाट गम्भीर घाइते भएका महतोको हाल मलंगवामा रहेको प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। उनलाई थप उपचारको लागि हेलिकप्टरबाट काठमाडौँ लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
स्थानीयले आगो लगाएपछि बसका चालक भागेका छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।