वीरेन्द्रनगर । कर्णाली प्रदेशका तीन जना मन्त्रीले राजीनामा दिएका छन् । नेपाली काङ्ग्रेसबाट प्रदेश सरकारमा सहभागी तीन जना मन्त्रीले २०८० फागुन २२ गते मङ्गलबार अपराह्न मुख्यमन्त्री राजकुमार शर्मासमक्ष राजीनामा पत्र बुझाएका हुन् ।
Advertisement
सोमबार केन्द्रको काङ्ग्रेस–माओवादी गठबन्धन टुटेपछि कर्णालीमा काङ्ग्रेसबाट सहभागी मन्त्रीहरूले राजीनामा दिएका हुन् ।
कर्णालीका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंह, सामाजिक विकास मन्त्री खड्कबहादुर पोखरेल र उद्योग, पर्यटन तथा वातावरण मन्त्री कृष्णकुमार विसीले पदबाट राजीनामा दिएका हुन् ।