कटक (भारत) । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले पूर्वीभारत क्षेत्रीय समितिका कोषाध्यक्ष तथा कटक नगर समितिका सदस्य विष्णु श्रीनेतलाई बिदाइ गरेको छ ।
मूल प्रवाहको पूर्वी भारत क्षेत्रीय समितिको आयोजनामा मार्च ३, २०२४ का दिन औपचारिक कार्यक्रम गरी श्रीनेतलाई बिदाइ गरिएको हो ।
हेमकुमार थापाकोे अध्यक्षता तथा शिवकुमार सुतारको सञ्चालनबाट अगाडि बढेको सो कार्यक्रममा मूल प्रवाहका नेताहरू शम्बर माझी, गिरीराज परियारलगायतले दोसल्ला ओढाई श्रीनेतलाई बिदाइ गर्नुभएको थियो ।
कार्यक्रममा केन्द्रीय परिषद् सदस्य तथा भूवनेश्वर नगर अध्यक्ष रेकम जिसी, केन्द्रीय परिषद् सदस्य तथा कटक नगर सचिव हुकुम ओली, क्षेत्रीय सदस्य तथा कटक नगर सदस्य चन्द्र बाकाबल, भूवनेश्वर नगर सदस्य कृष्ण गौतम, कटक नगर सदस्य सुन्तली माझी, भूवनेश्वर नगर सदस्य कौशल्या परियार, कटक नगर सदस्य अन्जु थापा, शुभचिन्तक रमेस सुनारलगायतले सो अवसरमा मन्तव्य राख्नुभएको थियो ।