काठमाडौं । राष्ट्रियसभाका नवनिर्वाचित १९ सदस्यहरूले सोमबार शपथ लिएका छन्।
Advertisement
गत माघ ११ गते निर्वाचित १९ जना सदस्यहरूलाई संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा शपथ दिलाइएको हो।
राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६८ को उपदफा ९२० अनुसार नेपालमा बोलिने आफ्नो मातृभाषामा सदस्यहरूले शपथ लिएका हुन्।
सोमबार शपथ लिने सांसदहरूमा रुक्मिणी कोइराला, कृष्णप्रसाद सिटौला, पूजा चौधरी, आनन्दप्रसाद ढुङ्गाना, विष्णुदेवी पुडासैनी, जितजङ्ग बस्नेत, मनरुपा शर्मा रहेका छन् ।
त्यसैगरी पदमबहादुर परियार, किरणबाबु श्रेष्ठ, विष्णुकुमारी सापकोटा, झक्कुप्रसाद सुवेदी, सावित्री मल्ल, विष्णुबहादुर विश्वकर्मा, कृष्णबहादुर रोकाया, रेणु चन्द, नारायणदत्त भट्ट र बलदेव बोहरा रहेका छन् ।