काठमाडौँ । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घको राष्ट्रिय अध्यक्षमा शिवसागर शर्मा निर्वाचित हुनुभएको छ ।
२०८० फागुन १९ गते शनिबार काठमाडौँमा सम्पन्न महासङ्घको सातौँ राष्ट्रिय महाधिवेशनबाट शर्मा अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो ।
निर्वाचित अध्यक्ष शर्मा गुडविल पब्लिकेसन्सका सञ्चालकसमेत हुनुहुन्छ ।
अधिवेशनमा अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी परेको थियो । कुल ५११ खसेको मतमा शर्माले ३२३ मत ल्याउनुभएको थियो । उहाँका प्रतिस्पर्धी दिवाकर घिमिरेले १०२ र ऋषिराम शर्माले ८६ मत प्राप्त गर्नुभएको थियो ।
त्यस्तै, महासङ्घको वरिष्ठ उपाध्यक्षमा मातृका शिवाकोटी, उपाध्यक्षमा नारायणकुमार श्रेष्ठ, बुद्धिप्रसाद अधिकारी र सरोज मास्के, महासचिवमा विष्णुप्रसाद पौडेल, उपमहासचिवमा अर्जुनप्रसाद आचार्य, कोषाध्यक्षमा ताराराम श्रेष्ठ, सचिवमा महेश शर्मा र शम्भु लामिछाने साथै महिला सचिवमा कोपिला गिरी निर्वाचित हुनुभएको छ ।
एवम् प्रकारले सहकोषाध्यक्षमा रविन बराल र लेखा संयोजकमा कृष्णराम कार्की निर्वाचित हुनुभएको छ ।