काठमाडाैं । संसद भवन प्रवेश गरेर विरोध प्रदर्शन गर्ने क्रममा पक्राउ परेका ४९ जना लघुवित्त पीडित रिहा भएका छन् ।
Advertisement
सोमबार (फागुन १४ गते) नयाँ बानेश्वरस्थित निषेधित क्षेत्रबाट संसद् भवन परिसरमा छिरेर प्रदर्शन गर्ने क्रममा उनीहरू पक्राउ परेका थिए ।
४८ महिला र एक पुरुष गरी ४९ जना लघुवित्त पीडितहरूलाई हाजिरी जमाननीमा छाडिएको प्रहरीले जनाएको छ ।
उनीहरूलाई सार्वजनिक शान्ति विरुद्धको कसुरमा मुद्दा चलाउन प्रहरीले म्याद थप गरेको थियो ।
घटनाबारे छानबिन गर्न प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीको नेतृत्वमा समिति गठन गरिएको छ। समितिमा जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारी र उपत्यका प्रहरी कार्यालयका डीएसपी दिनेश घिमिरे सदस्य छन् ।